आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस

काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस गरेको छ।

सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका थापालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको अनेरास्ववियु प्यूठानका अध्यक्ष जालबहादुर केसीले जानकारी दिए।

फोटो सूर्य थापा

प्रतिनिधिसभातर्फ प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ।

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनी पहिलो पटक चुनाव लड्न लागेका हुन्। थापा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए।

यस्तै बैठकले प्रदेश सभाको प्रत्यक्षतर्फ प्रदेश ‘क’बाट तुलसीराम शर्मा र ‘ख’बाट हरिप्रसाद रिजालको नाम सिफारिस गरेको छ।

Leave a comment

Design a site like this with WordPress.com
Get started