बुटवलबाट हराएका ३ बालक मुम्बई मा भेटिए

भदौ २६,२०७९ :- तिलोत्तमा — बुटवल उपमहानगरपालिकाबाट हराएका तीन बालक भारतको पुनेमा फेला परेका छन् । उनीहरुले भिडियो कलमार्फत अभिभावकसँग कुरा गरी आफूहरु मुम्बईको कुर्ला स्टेसन पुगेको बताए ।



शुक्रबार घरबाट विद्यालय जाँदा बेपत्ता भएका ती बालकले आफूहरु बुद्धनरगसम्म पुगेको याद भएको र त्यसपछि एकैचोटि रेलमा पुने पुगेको बताएको हराएकामध्ये एक सागर पौडेलका पिता कृष्ण पौडेलले बताए । उनले आफ्ना छोराले शनिबार दिउँसो सन्देश पठाएर आफूहरु रेलमा अचेत अवस्थामा पुने पुगेको जानकारी गराएका थिए । बेपत्तामध्ये समीर लम्सालका बुबा सोही स्थानमा रहेको र उनले नै तीनै जनालाई सकुशल फेला पारी राखेको पौडेलले जनाए । ‘बाबुले पहिले हामी अफ्ठ्यारोमा छौं, बचाउनुस् बाबा’ भनेर म्यासेज पठाएको थियो,’ उनले भने, ‘अरुको मोबाइल र साथीको मोबाइलबाट छोराले लोकेसन स्टाटस समेत पठाएकाले खोजतलास गर्दै उनीहरु भेटिए ।’
बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएपनि विद्यालयसमेत नपुगी बेपत्ता भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि उनीहरूको खोजी सुरु भएको थियो । प्रहरीको सक्रियतामा उनीहरू मुम्बईमा भेटिएको १५ वर्षीय बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।

Leave a comment

Design a site like this with WordPress.com
Get started