काठमाडौं बाट दाङ्ग तर्फ जाँदै गरेको गाडी कपिलवस्तु मा दुर्घटना एक को मृत्यु

भुवन केसी:- कपिलवस्तु को बुद्धभुमी नगरपालिका मा यात्रुबाहक बस शनिबार दुर्घटना

कपिलवस्तुको बुद्धभुमिमा यात्रुवाहक बस शनिबार दिउसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

बुद्दभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमा क्षेत्र स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट दाङका लागि जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रुबाहक बस पुर्व तर्फ आउँदै गरेको एक ट्रक सँग ठोक्किएको गोरुसिँगे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार बसमा सवार ३२ जना यात्रु घाइते भएका छन् । उनीहरु मध्ये १२ जनाको जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि पठाइएको छ भने अन्य २० जनाको बुद्धभुमि स्थित पालिक्लिनिकमा उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था अझै एकिन हुन नसकेको पनि डिएसपी घलेले बताएका छन् । मृतकको पहिचान हुन नसकेको जनाइएको छ । झडुलामाइ मन्दिर नजिकैको घुमौरो सडकमा सो दुर्घटना भएको बताइएको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started