



डिएसपी खड्काका अनुसार आइतबार बिहानै देखि मोतिपुरमा खसेको ढुङ्गा फुटाउने काम भैरहेको छ । उनले भने ‘सडक खुलाउने प्रयास मा छौं ।’ सडक बन्द हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । हिजो यात्रामा निस्केका सयौं यात्रुले निकै सास्ती पाएका थिए ।
बेलुकासम्म सडक खुल्ने आशमा कुरेर बसेका यात्रुहरु पैदलै गन्तव्य तिर लगेको एक यात्रुले बताए । दशै मान्न गाउँ आएका सर्वसाधारण आफ्नो गन्तव्यमा जान नपाउदा मर्कामा परेका छन् । उता सडक खुलाउन आइतबार बिहानैदेखि एक्साभेटर लगाएर ढुङ्गा फुटाउने काम भैरहेकोले अहिले केही समयमा सडक खुल्ने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।