भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको केदारनाथ धामनजिकै हेलिकोप्टर दुर्घटना : ६ जना
तस्बिर : उत्तराखण्ड प्रहरीको भिडियोबाट स्क्रिनग्र्याब
कार्तिक १, २०७९कान्तिपुर संवाददाता
भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रसिद्ध केदारनाथ धामनजिकै हेलिकोप्टर दुर्घटना भएको हो ।
द हिन्दुस्तान टाइम्सका अनुसार केदारनाथ धामबाट २ किलोमिटर टाढा गरुड चट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।
उत्तराखण्डका मुख्यमन्त्री पुश्करसिंह धामीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उक्त हेलिकोप्टरले केदारनाथबाट तीर्थयात्री बोकेर फटा हेलिप्याड जाँदै थियो । फटा केदारनाथबाट १८ किलोमिटरको दूरीमा रहेको छ

Leave a comment

Design a site like this with WordPress.com
Get started