एमालेलाई प्यूठानमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस (बिपि) को साथ

भुवन केसी:- मिसन मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सरगर्मि बढिरहेको छ । निर्वाचनमा नेकपा (एमाले) सँग सत्ता गठबन्ध दल प्रतिष्पर्धामा छन् । प्यूठानमा सबैभन्दा ठुलो दल एमाले बाट प्रतिनिधि सभामा सूर्य थापासँग चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चाले अघि सारेको दुर्गा पौडेल चुनावी मैदानमा छिन् ।
गठबन्धनको सहारामा पौडेलले चुनाव जित्ने दाउमा थापिरहेका बेला एमालेलाई प्यूठानमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस (बिपि) ले साथ दिने भएको छ । यो सँगै प्यूठानमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जित्नको लागि एमालेलाइ थप मिलेको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started