

भुवन केसी:- भिडियो नखिच्नुस यदी भिडियो खिच्ने भए रू ४०००/- लाग्छ भन्दै हुनुहुन्थ्यो। भाइरल भेलु बाजे ( मिन बहादुर बुढा) प्यूठान नगरपालिका वार्ड नं ५ जुम्रीकाँडाका बासिन्दा हुनुहुन्छ।
उहाँ गाउँको सरल स्वभाव भएको व्यक्ति हो।
उहाँ गाउँले अर्गानिक भाषा बाट प्रस्तुत भएकै कारण भाइरल हुनू भएको हाे। र कतिपयले उहाँलाई हेर्ने दृष्टकोण नकारात्मक छ। उहाँ जस्ले जसरी प्रयाेग गर्यो त्यसरीनै प्रयाेग हुनुहन्छ।
यदी उहाँलाई सब्य र नैतिक वान मानिसले प्रयाेग गर्थे भने।
भेलु अस्लित शब्द बोल्ने मानिसको रूपमा परिचित हुनुहुने
थिएन।
२०७९ कार्तिक २७ गते प्यूठान नगरपालिका वार्ड नं ५ जुम्रीकाँडामा नेकपा एमाले का प्रतिनीधि सभा सदस्य उम्मेद्वार
क. सुर्य थापाको जनभेटघात कार्यक्रम थियो।
त्यस्को तयारीको लागि म पहिलै त्यहाँ पुगेको थिए।
कार्यक्रमकाे तयारी पूरा भइसके पछि भेलु बाजे पनी कोट लगाएर त्यहाँ आउँनु भयो।
उहाँलाई देखेपछि त्यहाँ फोटो खिच्ने र भीडियो खिच्नेकाे भिड लाग्न थाल्यो। तर उहाँले फोटो खिच्नुस्, भिडियो नखिच्नुस यदी भिडियो खिच्ने भए रू ४०००/- लाग्छ भन्दै हुनुहुन्थ्यो।
त्यही बिचमा क. सुर्य थापाकाे आगमन भयो र भेलु बाजे लगाएत स्थानियले नारा जुलुस सहित भव्य स्वागत गर्दै कार्यक्रम स्थल तिर लाग्यौं।
औपचारिक कार्यक्रम सुरु भयाे। मनतव्यको क्रम र पार्टी प्रवेश कार्यक्रम चलिरहेको थियो। त्यही क्रममा भेलु बाजे टीका माला लगाउँने र केही कुरा बोल्ने इच्छा राख्नु भयाे।
कार्यक्रम समापन पश्चात् माहोल नाच्गान र टीकटक तिर मोडियो।
अर्काे दिन गठबंधनका साथीहरू त्यहाँ पुगे र दश हजार दिन्छौं गठबन्धनमा भोट माग्न र एमाले विरुद्ध बोल्न लगाए। केही अतिरञ्जित बनाउन पनि खोजियो।
खास कुरा केहोत भन्दा भेलुलाई एमाले प्रवेश गराएको पनि हाेइन। गराउनुको अर्थ पनि छैन। उनि साेझाे इमानदार मानिस हुन। उनलाई जस्ले जसरी प्रयाेग गर्यो त्यसरी प्रयाेग हुन्छन्।
अश्लिल र नकारात्मक कुरामा कसैले पनि प्रयोग नगर्दे हुन्थ्याे भन्ने मेरो मान्यता छ।