रोल्पाको थवाङमा मतदान न्यून

रोल्पाको निर्वाचन शान्तिपूर्ण, थवाङमा मतदान न्यून
स्थानीय पत्रकार गोबिन विकका अनुसार वडा नं. १ मा रहेको विवाङ मतदान केन्द्रमा २०५ मत खसेको छ । सो मतदान केन्द्रमा एक हजार ३१४ मतदाता रहेका छन ।

वडा नं. २ थवाङ मतदान केन्द्रमा ३७४ मत खसेको छ । उक्त मतदान केन्द्रमा एक हजार ५७७ मतदाता रहेका छन् ।

विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता मतदानस्थल पुगी आफूहरुले भौतिकभन्दा वैचारिक वहिष्कार गरेको बताएका थिए ।

वास्ताविक हतियारभन्दा, वैचारिक हतियार बलियो हुने नेकपा रोल्पाका पूर्वजिल्ला इन्चार्ज जयप्रकाश रोकाले बताएका छन् ।

Leave a comment

Design a site like this with WordPress.com
Get started