कपिलवस्तुका २ क्षेत्रमा एमाले र एउटामा कांग्रेसको अग्रता

भुवन केसी:- कपिलवस्तुका ३ निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा निवर्तमान सांसद पछाडि परेका छन् । निवर्तमान सांसद चक्रपाणि खनाल, बृजेशकुमार गुप्ता र अभिषेकप्रताप शाह पछाडि परेका छन् । क्षेत्र नम्बर १ र ३ मा नेकपा एमालेले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा कांग्रेसले अग्रता लिएको छ ।
क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका खनाललाई पछि पार्दै एमालेका बलराम अधिकारी र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई पछि पार्दै एमालेका मंगलप्रसाद गुप्ताले अग्रता बनाएका छन् ।

Leave a comment

Design a site like this with WordPress.com
Get started