प्युठानकाे प्रतिनिधि सभाकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रता कायमै

भुवन केसी:- प्युठानकाे प्रतिनिधि सभाकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।
पछिल्लाे मत परिणामअनुसार एमालेका उम्मेदवार सूर्य थापाले १० हजार ३१ मत ल्याएर अग्रता लिइ रहनुभकाे छ ।

थापालाई सत्ता गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी उम्मेदवार दुर्गा पाैडेलले ७ हजार १ सय ८२ मतसहित पछ्याइ रहनुभएकाे छ । थापा र पाैडेलबीचकाे मतकाे अन्तर २ हजार ८ सय ४९ रहेकाे छ ।

नौबहिनि गाउँपालिका र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म एमालेले अग्रता कायमै राखेकाे हाे ।

Leave a comment

Design a site like this with WordPress.com
Get started