प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता

एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले १ हजार ९ सय ९१ मत पाउनु भएको छ ।


राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय २ मत पाउनु भएको छ । उहाँहरुबीच मतान्तर २ सय ८९ छ ।

सुरुवातमा नौबहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।

Leave a comment

Design a site like this with WordPress.com
Get started