प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य मा नेकपा एमाले अग्रता प्युठान मा

भुवन केसी:- प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा प्यूठानका सवै क्षेत्रमा साँझ साढे चार बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारको अग्रता देखिएको छ ।

प्रतिनिधीभा सदस्यमा सूर्य थापा १ हजार ५ सय मतान्तरले अग्रस्थानमा छन् । थापाले ५ हजार ८ सय ७३ र राजमोकी दुर्गा पौडेलले ४ हजार ३ सय ३७ मत लिएका छन् । यो नौवहिनी गाउँपालिकाको अन्तिम मत परिणामको नतिजा हो ।

प्रदेस निर्वाचन क्षेत्र नम्वर १ मा पनि एमालेका तुल्सीराम शर्माले अग्रता लिएका छन् । उनले सरुमारानी गाउँपालिका चार वटा वडाको मत गणना गर्दासम्म ३ हजार २ सय २१ मत लिएका छन् भने गठवन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका कृष्ण अधिकारी (प्रकाश) ले २ हजार २ सय ६३ मत लिए । उनीहरुबीचको मतान्तर ९ सय ५८ भएको छ ।

त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र नम्वर २ मा एमालेका हरि प्रसाद रिजाल झिनो मतान्तरले अग्रस्थानमा छन् । रिजालले १ हजार ९ सय ८६ मत लिएका छन् भने गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) ले १ हजार ७ सय ६५ मत लिएका छन् । उनीहरुबीच २ सय २१ मतको अन्तर छ ।



Leave a comment

Design a site like this with WordPress.com
Get started