नेकपा एमालेका नेता सूर्य थापा प्युठानबाट बिजयी प्रतिनिधि सभा सदस्य मा

भुवन केसी:- नेकपा एमालेका नेता सूर्य थापा मतगणना प्युठानबाट बिजयी भएका छन । ५ हजार २७ मत गन्न बाँकी रहँदा थापाले गठबन्धनसँग ५ हजार २३३ मतको अग्रता लिएका छन् ।थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिइरहदा गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत पाएकी छन् ।
अब प्युठान नगरपालिकाको ८,९ र १० वडाको मत गन्न बाँकी छ तर थापाले बिजयका लागि आवश्यक मत लिइसकेकाले सिधाकुराले उनलाई बिजयी घोषित गरेको छ ।उता अर्घाखाँची बाट नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधि सभाका लागि बिजयी भएका छन ।

Leave a comment

Design a site like this with WordPress.com
Get started