प्युठानका नौ वटै स्थानीय तहहरुले धमाधम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भुवन केसी :- प्युठानका नौ वटै स्थानीय तहहरुले धमाधम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेका छन् । प्रकाशित मिति : २०७९ माघ ५, बिहीबार स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मुल नाराका साथ गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेका छन् । आज माघ ५ गते बिहिवार देखि नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बाहने प्युठानले विविध खेलकुद प्रतियोगिताका साथ रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ । प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयहरुको उत्साहजनक सहभागिता रहेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा नौबहिनी गाउँपालिकाद्वारा मिति २०७९ माघ ५ देखि २०७९ माघ ८ गते सम्म गाउँपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सञ्चालन हुने कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभएको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started