राष्ट्रिय स्वतन्त्र पार्टी की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी

भुवन केसी:- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।
‘उपभामुख हाम्रो पार्टीबाट बनाउने फिक्स भइसकेको छ’ रास्वपाका एक नेताले भने, ‘कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागेको छैन । हामीले भोलिसम्म फाइनल गछौं ।’ कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् ।

कमेन्ट गर्नुहोस !

Leave a comment

Design a site like this with WordPress.com
Get started