प्रेस चौतारी नेपाल प्युठान नगर कमिटिको अध्यक्षमा चयन भुवन केसी सहित नव गठित

सिता बिक :- शुक्रबार जुम्रीमा प्रेस चौतारी प्युठान द्वारा आयोजित एक कार्यक्रम सहित नगर समितिको अध्यक्षमा भुवन के सि को नेतृत्वमा ११ सदस्यीय कमिटी सर्बसम्मत चयन गरिएको हो।

प्युठान ,नेकपा एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको प्युठान नगर समिति गठन भएको छ । 
शुक्रबार जुम्रीमा प्रेस चौतारी प्युठान द्वारा आयोजित एक कार्यक्रम सहित नगर समितिको अध्यक्षमा भुवन के सि को नेतृत्वमा ११ सदस्यीय कमिटी सर्बसम्मत चयन गरिएको हो।कमिटीको उपाध्यक्षमा हरि बहादुर नेपाली,सचिबमा सम्झना क्षत्री,सहसचिवमा सपना गुरुङ र कोषाध्यक्षमा पृती एमसी रहनुभएको छ।त्यस्तै सदस्यहरुमा लक्ष्मी सापकोटा,मनिसा सुनार,माधुरी बि.,सितल अधिकारी लगायत रहेका छन।भने सल्लाहकारमा सीता बि क र हेमन्त पाठक चयन भएका छन।नव निर्वाचित कमिटिका अध्यक्ष भुवन के सि ले नगर मात्र होइन सिङ्गो जिल्लाका पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गिरु प्रसाद भण्डारीले पत्रकारितामा लाग्नेहरुलाई आम नागरिकले बौद्धिक,क्षमतावान व्यक्तिको रुपमा मात्र नभई सेलिब्रेटिकै रुपमा लिने गरेको बताउनुभयो।पत्रकारिता क्षेत्रमा अदृश्य रोजगारीमा अल्झीने भन्दा सक्रिय रुपमा काम गर्ने पत्रकारलाई आर्कषक सुबिधा सहित अबसर रहेको बताउनुभयो । 
आफू पनि बिध्यार्थी जिवनकाल देखि पत्रकारिताको सुरुवात गरेको अनुभव सुनाउदै उहाँले भन्नुभयो-“पत्रकारिता सम्मानित क्षेत्र हो, पत्रकारिता मार्फत पढ्दै कमाउदै गर्न सकिन्छ “।
उहाँले तथ्य र सत्यमा आधारित रहेर नागरिक हक अधिकार,विकास र समृद्धिका पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो।प्रेस चौतारीले देशैभर  स्थानीय तहमा कमिटी गठन गरेकाे हो।सोही अनुसार प्युठान शाखाले पालिका स्तरीय शाखा गठन गर्ने अभियान थालेको शाखाका अध्यक्ष बासुदेव गिरीले बताउनुभयो।
समाजको समग्र बिकासमा पत्रकारिताको भूमिका अहम् रहेको भन्दै अध्यक्ष गिरीले सामाजिक जागरण,गलत गर्नेका बिरुद्ध खवरदारी,सकारात्मक कार्यहरुको उजागर,नकारात्मक पक्षको पर्दाफास गरेर पत्रकारहरुले पत्रकारिताका माध्यमबाट पत्रकारिताको धर्म,व्यवसायिकता,निर्भिकता पालना गर्दै पत्रकारिताको आचारसंहिताको मातहतमा रहि पत्रकारिता गर्नेहरु कहिले अभावमा बाँच्नु पर्ने अवस्था नरहेकाले पत्रकारितामा जोडिन नबनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो।कार्यक्रममा शाखाका सचिब राम बहादुर बिश्वकर्मा,सदस्य सीता बि.क,सदस्य हेमन्त पाठक लगाएतको उपस्तिथि रहेको थियो।

Leave a comment

Design a site like this with WordPress.com
Get started