प्युठान जिल्ला मा SEE दिएर फर्किने क्रममा बाइक दुर्घटना परि एक जना को ज्यान गयो

भुवन केसी :- स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा शुक्रवार दुर्घटना हुँदा एस.इ.ई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ ।

विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.ई परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुल बसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा ओभरटेक गर्न खोजेको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा पछाडिबाट ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द मा वि परीक्षा केन्द्रमा एस ई ई परीक्षा दिदै थिए । बिस्तृत जानकारी आउन भने बाकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ । बस र बस चालक अहिले प्रहरी नियन्त्रणमा छन ।

Leave a comment

Design a site like this with WordPress.com
Get started