प्युठाना को रम्दीमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु ३ जना घाइते

भुवन केसी:- प्युठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
चेरनेटा रम्दी सडकको नाला बनाउन खोला तर्फ गिट्टी बोक्न जाँदै गरेको रा १ त ४१७६ नं. को ट्याक्टर दुर्घटना हुँदा नौबहनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया चम्फा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशील थापाले जानकारी दिनुभयो। उहाका अनुसार चम्फाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परेका ३ जना घाईते छन। नाैबहिनी गा.पा.१ ठुलाेगाउँकी १८ बर्षीय दुर्गा बिक, गाैमुखी गा.पा.-६ का २५ वर्षिय बिक्रम बाेहाेरा र नाैबहिनी-५ का १९ वर्षीय बिक्रम परियार घाईते रहेको सुचना अधिकारी थापाले बताउनुभयो ।
ट्याक्टर सडकदेखी एक सय मिटर तल खसेर दुर्घटनामा परेको छ।

Leave a comment

Design a site like this with WordPress.com
Get started