
भुवन केसी:- जुम्री:- बालहनन गर्ने गेट्पालेलाई कारवाही गर्न स्ववियू स्वर्गद्वारीले बुझायो ज्ञापनपत्र!
बालअधिकार हनन गर्ने गेटपालेलाई कारवाही गर्न माग गर्दै स्वतन्त्र विधार्थी यूनियन स्वर्गद्वारी बहुमुखी क्याम्पसले मुक्ती माध्यमिक विधालय रातामाटाको प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । बुधवार गेटपालेले विधार्थीलाई कुटेपछी स्ववियूले विहिवार कारवाहिको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
स्ववियू सभापति टेकराज केसी उपसभापति गनु गिरी सचिव प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष भुपेन्द्र केसी लगायत स्ववियू सदस्यहरुको उपस्थितमा प्रशासनलाई ज्ञापनपत्र बुझाईएको छ ।
साथै गेटपालेलाई कारवाही प्रक्रियामा ढाकछोप गरेमा विभिन्न विधार्थी संघठनहरुवाट संघर्ष गर्ने स्ववियू स्वर्गद्वारीले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।