
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। प्रहरीले गाडी चालकको चालक अनुमती पत्र हेरेको आधारमा दाङ लमही नगरपालिका ५ का टंक बहादुर कुमाल रहेको जनाएको छ । अन्यको पहिचान हुन सके
जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी चालक दाङ लमहीको भन्ने बुझिएको छ । थप बिबरण आउन बाँकी छ ।स्वर्गद्वारीमा बर्सेनि दुर्घटना भइरहनु साह्रै दुखद एवम पिडादायी अवस्था हो।
जानकारीअनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल तथा दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँहरूका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको हो ।
यस्तै कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ।
स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि कसैलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ