साउन मा महिलाहरु किन सोमबारे व्रत बस्ने गर्दछन्

सलिना थापा :- सोमबारको विशेष महत्व रहेको हुन्छ
साउन महिना भगवा शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।

त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ ।

साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवान्को पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ । साउन महिनामा नारीहरुले हरियो चुरा, मेहन्दी लगाउने चलन बढेको छ । यस महिनालाई शिवको महिना पनि भनिन्छ ।

यस महिनाको सोमबारको विशेष महत्व रहने गरेको छ । सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने साथै व्रत बस्ने पनि चलन छ । अझ केहि मानिसहरु साउन महिनाभरी व्रत बस्ने गर्दछन् । तसर्थ यस महिनालाई व्रतको महिना पनि भनिन्छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started