गुनासो:- शिक्षा विधेयक लिएर मात्र हुन शिक्षा मन्त्री पनि उहि अनुसार राम्रो हुनुपर्छ अचम्म छ नेपाल को कानुन वुझेर मात्र पास गर्नु पर्छ नि
कक्षा १ पढाउन स्नातक (१६ कक्षा) पास गरेको हुनुपर्ने, कक्षा ९ पढाउन स्नातकोत्तर (१८ कक्षा) पास गरेको हुनुपर्ने भएपछि स्नातक र स्नातकोत्तर पढाउने चैँ अर्कै ग्रहबाट एलिएनहरु त ल्याउने होला नि सरकारले।
१२ पास गरेपछि अमेरिका, अष्ट्रेलिया, युरोप, जापान लगायतका देशको visa लाग्छ। १६ कक्षा पास गरेर कक्षा १ पढाएर, ३०/४० हजारको जागिर खाएर नेपालमै बस्ला त नयाँ पुस्ता ? ऐलेका नयाँ पुस्तालाई विदेश भन्दा अरु कुरा मनमै छैन। नयाँ पुस्तालाई आकर्षण गर्ने भन्दा पनि जसरी हुन्छ लखेट्ने पक्षमा छ सरकार।
त्यो बिकट ठाउँ जहाँ +२ भन्दा माथिको पढाइ हुने क्याम्पस छैन, बाहिर बसेर पढ्न आर्थिक अवस्थाले धान्दैन, घरपरिवारले स्नातक सम्मको पढाइ खर्च धान्न सक्दैन, काम गर्दै पढ्छु भन्दा काम पाईँदैन।
के त्यस्तो वर्ग मारिएन त ? संसदमा पेश भएको “नयाँ शिक्षा विधेयक” नयाँपुस्ता मारा त छ नै। उत्तिकै गरीब मारा पनि छ।
विधेयक पास गर्ने नेता पनि शिक्षा राम्रो शिक्षा हासिल गरेको व्यक्ति हुनुपर्छ
