देश विकासमा युवाको भूमिका

भुवन केसी:- युवा वर्ग रास्ट्र निर्माणको प्रमुख समेत मानिन्छ। जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ । अनि जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा मरुभूमिमा पनि पानीको मुल फुटेको छ । पहाड मैदान भएका छन । बाँझा जमिनहरुमा अमृत समान खाद्यान्न लहलह झुलेको छ । उजाड उजाड पत्थरीलो जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग धन्धा, कलकारखाना, खुलेका छन । भंयकर ठुला नदी, ताल, समुन्द्र, पहरामा समेत चिप्ला सडक बनेर मोटर कार सललल बगेका छन । अन्धकार ठाउँहरुमा पनि झिलिमिली उज्यालो छाएको छ । कोहि भोक भोकै मर्नु परेको छैन । कोहि उपचार नपाएर अकालमा ज्यान गुमाउन परेको छैन । कोही पढ्न नपाएर भारीले किचिएर हिड्नु परेको छैन । हेर्दा र पुग्दा लाग्छ मानिसहरुले दन्त्य र पौराणिक कथामा पढ्दै र सुन्दै आएको स्वर्गको टुक्रा यही नै हो भनेर ।
युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तन का खानी हुन। साहस, सिर्जनशिलता सिक्ने क्षमता एवं उच्च आत्मविश्वास का कारण । गुणात्मक र सङ्ख्यात्मक दूस्टिले युवा राष्टको मेरूदण्ड भएकाले युवा काे सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्टिय विकासको मुलधारमा ल्याउनु जरूरी छ। युवा वर्तमान का साझेदार हुन्। युवाको क्षमता अभिवृद्धि गरेर सशक्तीकरणका माध्यमबाट देशको परिवर्तन र विकास सम्भव छ। स्वास्थ्य, शिक्षा, राेजगार युवाका माैलिक अधिकार हुन। सामाजिक, सांस्कृतिक, आर्थिक, राजनितिक, तथा अन्य क्षेत्रमा युवा काे सहभागिता सुनिश्चित हुनसके मात्र देशको परिवर्तन तथा विकास सम्भव छ

समुन्नत र समूद्ध रास्ट्र निर्माणका लागि याेगदान युवा बेराेजगारी, अशिक्षा,, आर्थिक अभाव , मानसिक तनाब जस्ता कारणले देश विकासको मुल प्रवाहमा आउन सकिरहेको छैनन्। हाम्रो देश को सन्दर्भमा नेपाली युवाहरु को अवस्था निकै दयनिय छ जसले गर्दा देशका युवाहरुकाे राज्यको मुल प्रभावककीरण आउन सकेका छैनन्। अधिकांस शिक्षित युवाहरू खाडी मुलुकमा आफ्नो श्रम सस्तो मुल्यमा बेच्न बाध्य छन। युवा काे वर्तमान अवस्थालाई विश्लेषण गर्ने हो भने देशमा तिन तहमा सरकार सन्चालन छन तर यी सरकारहरूले युवालाई विकास तथा क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रम तय गरेका छन् ।यि निति, नियम,ऐन, कानुन, केवल कागको पानामा मात्र सिमित छन्। समग्रमा शान्ति, विकास, मानवअधिकार हरेक क्षेत्रमा युवा जाेडिएका हुन्छन्।

कुनै पनि मुलुकलाई समुन्नत र समूद्ध बनाउन देशको युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ।राज्यले विकासका निम्ति याेजना बनाई मुल प्रवाहमा युवालाई समेट्नु पर्दछ। विकास र विस्तारका लागि समावेशी तवरले याेजना कार्यान्वयन गर्न आवश्यक छ। देश मा रहेका सम्भाव्यता काे सुचि बनाई त्यसको काममा युवाहरुलाई अ ग्रसर बनाउनु पर्दछ। देश को आर्थिक बिकास तथा विस्तार गर्नेकाे लागि सरकारहरूले युवासँग साझेदारी गर्ने आवश्यक छ।जब बिकास काे कुरा अगाडी बढाईन्छ तब युवाको क्षमता विस्तारमा विशेष ध्यान दिन जरुरी छ।

अन्तमा नेपालको समग्र विकास तथा विस्तारको लागि देशमा सन्चालनमा रहेका तिनै तहका सरकारहरूले युवाको वूद्धि र विकास काे लागि सिपयुक्त कार्ययोजना बनाई कार्यान्वयन गर्न जरुरी छ। खाडी मुलुकमा वैदेशिक राेजगारीमा रहेका युवाहरूको अभिलेखिकरण गरेर देशमै काम गर्ने ब्यवस्था मिलाउन जरूरी छ। युवाहरूलाई सक्षम र राेजगार बनाउन बिभिन्न किसिमका सिपमुलक छाेटा र लामा अवधिका तालिम दिई राेजगार बनाउन आवश्यक छ। युवाहरु काे विकास र विस्तारका लागि बनाइएको निति, नियम, ऐनकानुन केवल किताबी पानामा मात्र सिमित नराखेर कार्यान्वयन गर्न जरुरी छ। जबसम्म देशमा सक्षम युवा जनशक्ति उत्पादन गर्ने सकिदैन तबसम्म देश समुन्नत र समूद्ध को बाटाेमा जान सक्दैन।

Leave a comment

Design a site like this with WordPress.com
Get started