
भुवन केसी:-
खै कसरी वर्णन गरौँ? सुरुआत गर्ने ठाउँ नै छैन। हाम्रो भेट करिब १ वर्ष अघि मात्र हाम्रो खाजा खाने बेला कटेज मा भेट भएको थियो। उनि दिदीहरु सग थिइन एक दिन फेसबुक चलाउँदै थिएँ, ठ्याक्कै अगाडि ‘एड फ्रेन्ड’ भनेर उनको तस्बिर देखियो। प्रोफाइलमा गएर हेरेँ, उनले त्यहीँ दिदीसँगको फोटो राखेकी रहिछन्। मान्छे पहिलेदेखि नै राम्री थिइन्। मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ तर ५ दिनसम्म नि एसेप्ट भएन।
एसेप्ट नभएपछि करिब दुई दिनपछि फ्रेन्ड रिक्वेस्ट मैले क्यान्सिल गरेँ। फेरि करिब दश/एघार दिनपछि पुनः अगाडि एड फ्रेन्ड भनेर देखायो पुनः एड गरेँ अर्थात् रिक्वेस्ट पठाएँ। त्यसको तीन/चार घण्टामा हामी फेसबुकमा साथी भयौँ अर्थात् मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन्। उनले दिदी हरु सग फोटो देखे झन बोल्न को लागि मन आतियो र मैले यात बाट हेलो भने उत बाट हजुर भने आयो अनि हाम्रो कुरा निरन्तर चल्दै गयो ११ मा पढने रहिछिन उनि सानी थिइन म भने ब्याचलर चौथौ वर्ष अध्ययन रत थिए उनि बागदुला बस्ने गर्थिन उनको घर गाँउ मा थियो म भने सहर मा बस्थे हाम्रो खाजा खाने समय मा भेट भएको कुरा Facebook WhatsApp dekhi अन्य सम्म पुग्यो त्यो यात्रा निरन्तर चलिरहेको थियो उनि म भन्दा सानो जात को थिएन तर मलाई जात सग केही भएन मलाई भाषा पढेर विदेश जाने ठुलो रहर थियो एक्लै किन जाने भने भएको थिए जुन कुरा गर्दा गर्दै सोचेको जस्तो मान्छे भेटियो जस्तो लाग्यो अनि मैले सोधें हामी मिलेर भाषा पढउन है कोरियन भने कुरा गरे उनले भनिन किन पढने होर मैले भने नेपाल मा बसेर पनि के गर्ने सकिन्छ र सबै ले आफ्नो मान्छे मात्र हाल्छन प्युठान नगरपालिको हेरन है भने अनि उनले उत बाट हजुर ले पढनु न है भनि अनि सगै पढनु पढनु पर्छ है भन्दा भन्दा त्यस्तै कुरा भएर त्यो दिन केही कुरा भयो। उनको मेरो पहिलादेखि नै चिनजानका कारण बोल्न सहज भएको थियो। दुई/चार दिन न उनले म्यासेज गरिन् न त मैले। मलाई उनि राम्री म नराम्रो जस्तो मान्छे भएर हो कि वास्ता गरिन भने भयो । अनि मैले म्यासेज गरिनँ। एक दिन एउटा भाषा सम्बधित भिडियो सेयर भएको भेटाए अनि एकजना भर्खरैको लगभग पच्चीस छब्बीस वर्षको सुन्दर महिलाले पढाएको देखे अनि कमेट गरेको थिए उनेले हाहाहाहा भने रिकोस्ट गरिन
मैले कमेन्टमा गरेको रिप्लाई उनको म्यासेजमा हजुर पनि सुन्दर हुनुहुन्छ भनेर रिप्लाई दिएँ। उनको त्यो रूप, व्यवहारबाट प्रभावित भएर म फुरुङ्ग भएको थिए। जसरी लियोनार्दो दा भिन्चीको मोनालिसाको चित्र ‘कोमल रहस्यमय मुस्कानको लागि प्रसिद्ध’ थियो उनको मुस्कान मलाई त्यस्तै रहस्यमय लाग्थ्यो। साँच्चिकै सुन्दर र शालीन।
उनि आफ्नो आमा बिमारी भए पछि उनी दिदी को कोठा मा बस्न गहिन उनी करिब चार/पाँच दिन आफ्नो काम को व्यस्त को कारणले बोल चाल भएन करिब एक हप्ता जति
मैले मेरो फ्रेन्ड रिक्वेस्ट किन एसेप्ट नगरेको भनेर प्रश्न गरेँ। उनले मुसुक्क हाँस्दै दुई/तीन दिनमा एसेप्ट गर्ने भनेर नगरेको तर पछि रिक्वेस्ट क्यान्सिल भएछ भन्ने उत्तर दिइन्। मैले पछि किन एसेप्ट गरेको भनेर प्रश्न गरेँ। उनले फेरि रिक्वेस्ट क्यान्सिल हुन्छ भनेर उति बेलै एसेप्ट गरेको भन्ने उत्तर दिइन्।
उनले मलाई सोही दिन ‘तपाईंलाई एउटा कुरा थाहा छ?’ भनेर प्रश्न गरिन्।
मैले ‘के भन्नु न?’ भनेर प्रश्नको जवाफ बुझ्न खोजेँ।
उनले मलाई भनिन हजुर ले के गर्नु हुन्छ मैले भने सानो तिनो जागिर गर्छु अनि ऐ भनिन
उनी सग कुरा गर्दा गर्दै भेट हुने कुरा भयो अनि भेट भए पछि
उनीसँग मैले विगतका कुरा गरेर नजिक हुन खोजेँ। हामी त्यहाँ कुरा गर्दै केही फोटाहरू खिच्यौँ र त्यहाँबाट निस्क्यौँ। मैले उनको घर पुर्याइदिएर रुममा गएँ।
मलाई उनको हरेक बानी मन पर्दै जान लाग्यो। सधैँ सँगै हुन पाए हुन्थ्यो जस्तो महसुस हुन्थ्यो तर त्यो सम्भव थिएन। म दिउँसो कार्यालयमा जाने गर्दथेँ, समय मिल्दैन थियो। उनी पनि कलेज जाने गर्थिन
शनिबारको दिन थियो। समय पनि प्राप्त थियो। हामी करिब चार/पाँच घण्टा जति मल्लरानी डाँडामा गयौँ। उनलाई मैले भेट हुँदा पटक पटक सोध्ने गर्दथेँ- Giri किन याती राम्री हुन्छन? तर उनले त्यसमा आफ्नै पीडा छन् भन्ने गर्थिन्।
मैले कस्ता पीडाहरू भनेर सोधेँ। उनले मुसुक्क मुस्कुराउँदै, भनि कोठा बाट बहिर निस्किन पहिरन छुट्टै आनन्द हुन्छ तर मन लाग्ने जस्ता कुरा गर्दा मलाई अलिकति नराम्रो महसुस भयो।
यति सुनिसकेपछि मैले उनको विगत कोट्याउन चाहिनँ। तीन/चार घण्टाको बसाइँ आधा घण्टा जस्तो नि लागेन। समय बितेको पत्तो नै भएनछ। मलाई उनी साह्रै मन पर्थ्यो। मैले धेरै कुराहरू उनलाई प्रस्तावको रूपमा राखेँ तर उत्तर भने सकारात्मक पाइनँ। उनी साँच्चिकै सुन्दर र व्यवहारिक भएका कारण म उनीप्रति आकर्षित थिएँ। हामी बोल्दै गयौँ।
यसै गर्दै करिब एक वर्ष बित्यो। एक दिन मैले उनलाई पुरानै प्रश्न गरेँ। उनले पनि माया गरेजस्तो र नजिक हुन खोजेजस्तो गर्ने गर्थिन्। हामी दैनिक जसो बोल्थ्यौँ।
हाम्रो उमेर पनि मिलेको थियो। उनी मभन्दा ७ वर्ष कान्छी थिइन्। उनको बोली व्यवहारबाट पनि प्रस्ट हुन्थ्यो उनले पनि मलाई मन पराउने गर्दथिन्। एक दिन मैलै उनलाई ‘हामी बिहे गरौँ अनि सँगै भाषा पढौँला’ भनेँ। खै के हुन्छ भाग्य मा भने कुरा गरिन अनि मैले एक दिन मोम्मी लाइ मुबाइल दिएको थिए उत मेसेज आएको काहा हुनुहुन्छ आज वाग्दुला आउन भने मेरो मोम्मी लाइ थर आफु भन्दा सानो देख्नु भए छ र बल्क गर्नु भए छ बिचरा उत बाट मुसुक्क हाँस्दै ‘के गर्ने? कहाँ हुनुहुन्छ?’ भने WhatsApp ma मेसेज गरिन हजुर को अरु कोहि रहेछ है भनेर मलाई WhatsApp ma block gerina
मैले पुन प्रश्न को जवाफ दिन न पाउदै हाम्रो सम्बन्ध यहि सकियो l