
सिंगो मेरो शरिर मरेतुल्य अनि शून्य सुनसान कुन ठाउँमा पल्टिने हो त्यो पनि थाहाँ छैन । गिद्धले मेरो जिउँदो शरिरलाई लुछ्दा मात्र म अैथ्या भनेर उठ्छु होला, अनि मात्र म जिउँदै रहेछु भन्ने महसुस हुन्छ होला मलाई । बेहोशी हालमा आफुलाई सम्हाल्न नसकी लौरोको साहारामा बिस्तारै पाईला चाल्दा अनि मात्र मलाई थाहाँ हुन्छ होला, म त एक्लै पो छु त हगी । जति पाईला चाल्दै जान्छु त्यति नै मेरो लागि जमिन भासिदै गएको आभास हुन्छ होला अनि अचानक जमीन फाटेर मेरो सिङ्गो शरिर त्यही अन्त पो हुने हो की’ यस्तै यस्तो सोचाइमा डुब्छु आजकल ।
एक्लो हुँदा मन बहलाउने गर्छु, अनि भन्छु ‘अब कहिल्यै कसैको भर गर्दिन् ।’ कारण म आवस्यकता भन्दा बढी यथार्थमा रमाउने गर्छु ।
थाहा छ ? किन की मेरो मनको स्थानमा सत्यता लुकेको छ । त्यसैले त म भिडभाड भन्दा एकान्तमा रमाउने गर्छु । एक्लै बस्नुमा पनि बेग्लै अनि बिछट्टै मज्जा छ, त्यो कस्लाई थाहाँ होला र ! थाहाँ हुनको लागि म जस्तै एकान्तप्रेमी हुनुपर्छ भन्ने लाग्छ । कारण, म जीवनलाई फर्कीएर कहिले हेर्दिनँ । हिजो जे हुनु थियो त्यो भयो र हुनु पनि पथ्र्यो अनि भएर टर्यो पनि । आज जे हुन्छ त्यो पनि भएरै छाड्छ । अनी भोली जे हुनु छ त्यो पनि हुने नै छ । त्यो भएरै छोड्छ न त हत्केलाले रोकीन्छ न त डोकोले छोपेर छोपीन्छ अँ ह केहीले छेकीन्न नत कुनामा लुकेर नै टर्छ ।
हिजो के भयो ? आज के हुन्छ र भोली के हुने छ ? म कहिल्लै अनुभव गर्दिन र यस विषयमा चिन्तीत पनि हुदीनँ । जिन्दगी एउटा भोगाई त हो नी । त्यसैले त दुख र सुख छुट्टयाउन सकिन्छ यदी भोगाई फरक नभैदिएको भए जिन्दगीको मज्जा कहाँ हुन्थ्यो र ? जसरी चल्छ जिन्दगी चलिरहोस्, म त्यसरी चलाईदिन्छु ।
मैले जीवनमा जति जे गरे पनि आखिरमा मैले के पाए आफ्नो एक्लो जीवन बाहेक । ४ बर्षको उमेरमा देखी मैले बा को काखा पाउन सकिन जुन अरुको ले बाबा को हात समातेर हिडेको देख्दा म भावुक हुन्थे मेरो पनि बाबा आएको भए म पनि यसरी नै हिड्ने गर्थे म एक्लै पढ्दै हुर्किदै गए तर आमा को साथ भने निरन्तर भयो । र बाबा को खुशी पाउन सकिन न मैले जुन राम्रो सँग अनुहार देख्न पाहिन जुन कुरा
सम्झनामा ती दिनहरु रिल झै घुमेर आउँछन् । म १२ कक्षा मा पढ्दै थिए त्यो बेला । े एकासी नयाँ नौलो मान्छे को अनुहार देखियो 🥲 अनि मोम्म ले तेरो बुबा आउनु भयो भनु भयो म एकासी झस्लङग भए अनि अव त बाबा आउनु लग्नु भयो भने तर फेरि केही समय पछि मान्छे हराएको अहिले सम्म अत्तोपत्तो छैन जुन कुरा ले मैले आमा लाइ सोध्ने गर्थें अव बाबा कहिले आउनु हुन्छ भनेर मोम्म ले यसको जवाफ केही दिनु हुने थिएन 😪 तर बास रुने काम मात्र गर्नु हुन्थ्यो मैले भन्रथे मोम्म म छु नि हजुर को सहारा जुन मा हजुर देखि को छ र होइन मेरो अव हजुर यस्तो गरे पछि म के गर्ने मोम्म अलि सन्त हुन्थ्यो यस्तै गर्दा गर्दै मेरो ब्याचलर सकिन पनि लागि सकेको छ तर जिन्दगी यात्रा कठिन नाइ को शब्द लाइ परित गर्दै सुख दिन पर्खिन बाध्य भए बाबा को सम्झना मा सिमित रह्यो 🤧