बाग्दुलाको बजार क्षेत्रमा यति ठुलो खाडल दुर्घटना हुदाँ कसले लिन्छ जिम्मा

भुवन केसी:- स्थानिय सरकार पुरै मौन छ । किन यस्तो यसमा दुर्घटना भए जिम्मेवारी कसले लिने यति ठुलो पानी जम्ने खाडल रहेको छ । जुन बाग्दुला बजार क्षेत्र भित्र मेन बाटो मा यति ठुलो खाडल पर्यो जहा दिनौ हजारौं मानिस आवतजावत गर्न ठाउँ को हालत यस्तो छ ‌। कसैको नजर पुग्न सकेन 😪  स्थानिय सरकार चुपचाप छ किन यस्तो ठुलो दुर्घटना हुन सक्ने सम्भावना रहेकाले सबै सर्तक रहनुहोस् । आफै नेताहरु ले गर्ने केही छैन 🥲प्युठानी प्रत्रकारहरुले उठाउन नसकेको विषय पनि यो एउटा महत्वपूर्ण छ कसैको डर तरसमा बस्ने होइन आफुहरु १०० चोटी हिड्नु हुन्छ जाबो एउटा समचार लेखेर हाल्न हात मा के जमेको छ हजुहरुको ….. भएको र सत्य समचार लेख्न के को डर

बाग्दुला बाट टिकुरी बसपार्क जाने बाटोमा ठुला खाडल अवतजावत गर्ने लस्टै गाह्रो

भुवन केसी:-

बाग्दुला बाट भित्र प्युठान जिल्लाको नयाँ टिकुरी बसपार्क जाने बाटोको हालत नाजुक छ। जुन यातायात समिति र स्थानिय सरकार को अहिले सम्म ध्यान जान न सकेको स्थानिय को गुनासो रहेको छ । छिटो छरितो बाटो निर्माण होस भने चाहान रहेको स्थानिय को गुनासो रहेको छ ‌। जहाँ धेरै ठुलो खाडल रहेको र पानी जमेको हुनाले अवतजावत गर्ने लास्टै समस्या भोग्नु परेको स्थानको गुनासो रहेछ यसमा यातायात व्यवस्था समिति र स्थानिय सरकारले छिटो ध्यान दिनुपर्ने जनताहरु गुनासो रहेको छ। यो एउटा प्यूठान नगरपालिका भित्र को चासो को बिषय हो जसमा
कसैको नजर पर्ने न सकेको बाटो जुन समस्या मा गुज्रिएको छ 🥲 यसमा कसैको ध्यान जान सकेन 😪 यो पनि एउटा चासो को बिषय हो माननिय नेता ज्यु ठुलो कुरा मात्र होइन काम पनि गर्नु होस  त्यहा बस्ने बासिन्दा लाइ ठुलो समस्या मा पर्नु भएको छ । फोटो हेर्दै थाहा हुनेछ धेरै कुरा गरिन म

बिचबाटोमा अलपत्र प्रेम काहानी

मिनु गिरी :- कसरी बिर्सिन सक्छु र हामी बसेको ति दिनहरु जाहा स्वर्ग जस्तो काहानी आज भोलि मलाई एकासी बिचबाटोमा अलपत्र पारेर गहेउ ति कहली लाग्दो रात को गुन गुन अवाज कसरी भुल्न सक्छु पिया जुन तिमी एक चोटी घरायसी समस्या ले गर्दा गहि सकेको मान्छे म त आउनौ होला भनेर भुलेको थिए फेरि मेरो जिवन मा आहि सकेको मान्छे म कसरी भुल्न सक्छु र फेरि पनि बस्ने हौ कि जान्छौ भने भएको थियो फेरि एकासी घरायसी समस्या ले गर्दा हामी बिच दुरी टाढा हुन पुग्यो जुन काहानी मा सिमित भयो पटक पटक घरायसी समस्या हामी ले कति दिन भोग्न सक्छौ र पिया हामो यो चखेवा को जस्तो जोडी कसरी छुट्न सक्छ जुन हामी ले ति दिनहारु कल्पना समेत गरेको थिएनौं नि है म कसरी वर्णन गर्ने सक्छु र
म सम्बोधनबाटै तिमीलाई अचम्मित पार्दै छु होला सायद । तिमीले अपेक्षा गरे बमोजिमको सम्बोधन सायद मैले गर्न सकेन । ‘असिमित प्यारका प्याला ’ भनेको भए पनि तिम्रो अपेक्षाको केही प्रतिशत श्रेयको भागीदार म हुन्थँे होला । मलाई यो पनि थाहा छ, मेरो सम्बोधन तिम्रा लागि पहिलो गासमै ढुङ्गा हुनेछ । थाहा पाउँदा पाउँदै पनि म तिमीलाई तिम्रै अपेक्षा बमोजिम सम्बोधन गर्न सकेन, तिमी फेरि सशङ्कित हुन्छौ होला मेरो प्रेमप्रति ।

शङ्का गर्न तिमीलाई पूर्ण छुट छ हाम्रो प्रेममा । म चाहन्न तिमीजस्तै प्रेमी प्रेमिका एक अर्काका काबुमा हुनुपर्छ भन्न । प्रेम आफैमा स्वतन्त्र हुन्छ, जब हामी एक अर्काका अधीनमा भयौं भने भन प्रिय हाम्रो प्रेम कहाँनेर स्वतन्त्र छ ? त्यसैले होला हामी भावनामा एक भएर पनि विचारमा फरक छौं, आफ्नै भएर पनि पराइजस्तै छौं । मिलनभित्र पनि विछोड छ, हर्षभित्र पनि विष्मात् छ, प्रशस्त सम्भावनाभित्र असम्भवका काला मेघहरु गर्जिरहेका छन् हाम्रो प्रेममा । मानौं हाम्रो प्रेमको परिधि राहु, केतु अनि शनी आदि आदिको समन्वय हो ।

थाहा छ तिमी मलाई माया गर्छौ, दावी गर्छु तिम्रो शङ्काभन्दा निकै अग्लो छ मेरो माया पनि तिमीप्रति । म चाहन्छु हाम्रो माया सगरमाथा बनोस् तर तिमी हाम्रो प्रेम हिमनदी बनाउन उद्दत छौ । यहीनेर हाम्रो प्रेम वैचारिक सिकार भएको छ । म प्रेमलाई शक्तिको उपज ठान्छु तिमी प्रेमलाई रङ्गमञ्चको मञ्चन ठान्छौ ।
जसरी हाम्रो प्रेमको काहानी चलेको छ उस्तै निरन्तरता होस यहि छ आज भोलि बिच बाटोमै अलपत्र परेको महसुस भएको छ मलाई त जिन्दगी को यात्रा पनि कति कठिन हुन थाहा भएन भोग्दै जानेछौ………

गर्मी याममा सहरी जिवन भन्दा गाउँले जिवन प्यारो

भुवन केसी :- कसरी सुनाउँ म तिम्रो काहानी यस्तो गर्मी याममा म सहरमा पहिले बसेको थिए ग्रर्मी याममा म गाउँ तिर को रमाइलो दृश्य तिर अवलोकन र चिसो हावापानी दृश्य हेर्ने मन र रमाइलो वातावरण अवलोकन गर्ने मन लाग्छ अनि सहर मा ४५° को घाम पाक्दै बस्न चिसो हावापानी र आनन्दको ठाउँ जान मन लाग्छ जाहा स्वर्ग को अनुभुति हुन्छ म एकासी गर्मी छल्न को लागि प्यूठान जिल्लाको नौ बहिनी खबाङ तिर जान मन लाग्छ जाहा चिरविर आवज र मिठो धुन को साथ मा चिसो हावाको आन्द सग लागिन्छ जाहा स्वर्ग को अनुभुति लिन सकिन्छ
र त्यसै गरि जाहा सहरी खाना भन्दा गाउँमा अर्गानिक जीवनशैली पाइन्छ । तर, शहरहरूमा विभिन्न भुगोल र समुदायका मानिसको बसोबास गर्ने भएकाले त्यहाँ सांस्कृतिक एकीकरण भएको पाइन्छ । ग्रामीण र शहरी क्षेत्रका जीवनमा आ–आफ्नै फाइदा र समस्या छन् । ठूला शहरको जीवन गाउँको भन्दा फरक हुन्छ । गाउँ र शहरमा बस्नेहरूबीचको जीवनशैलीमा पनि ठूलो भिन्नता छ र तिनीहरूको आफ्नै रहनसहनमा पनि भिन्नता हुन्छ । गाउँ मा सबै मिलेर काम गरेको दृश्य पनि देखियो जाहा हेर्ने मन लाग्यो जुन हुन
गाउँहरूमा अवसर थोरै हुन्छ । आधुनिक सुविधा कम हुन्छ । गाउँमा उच्च शिक्षा अध्ययनको सुविधा हुन्न जसले गर्दा जीवनमा प्रगती गर्न बाधा पुग्छ । गाउँले जीवनशैली पनि उन्नत हुँदैन तर व्यक्तिको संस्कृति र दृष्टिकोण धेरै न्यानो र सहयोगी हुन्छ । गाउँमा तपाईंलाई कुनै मद्दत आवश्यक परेमा जतिबेला पनि छिमेकीमा भर पर्न सकिन्छ । किनकि गाउँलेमा मैत्रीपूर्ण भावना हुन्छ । 

गाउँको जीवन परिश्रम र इमानदारीमा विश्वास गर्दछ । गाउँघरका खाना पनि गुणस्तरको हुन्छ । त्यहाँ अर्गानिक परिकार पाइन्छ । गाउँमा यातायात सुविधा अझै राम्रो छैन, जुन व्यायामको भेषमा एक आशिष । यसले स्वस्थ रहन मद्दत गर्दछ । गाउँहरू प्रदूषण रहित छन् जसले तिनीहरूको राम्रो स्वास्थ्यलाई पनि थप गर्दछ ।

यसरी नै हामीले फाइदा मात्र हे¥यौं भने शहरमा मानिसका लागि बढी अवसर हुन्छन् । शहरमा नयाँ उद्यम, प्रयोग र समाजिकीकरण हुन्छ । शहरहरूले शिक्षा, मेडिकल उपचार, रोजगारीका अवसर आदिका लागि राम्रो सुविधा पनि प्रदान गर्छन् । हामीले शहरिया जीवनका कमजोरी केलाउने हो भने आधुनिक  जीवनशैली र फास्ट फुड सेवन धेरै रोगका कारण बन्छन् । व्यायामका लागि समय अभाव हुन्छ । त्यसले स्वास्थ्यमा समस्या पार्छ । 

मैले आफैंले पनि सहरी जीवनशैली र गाउँको जीवनशैलीमा धेरै ठूलो भिन्नता पाएको छु । गाउँका मानिस जहिले पनि शारीरिक रूपमा धेरै मेहनती छन् । तन्दुरुस्त छन् । तर, शहरी क्षेत्रका मानिस दिनभर निश्चित स्थानमा काम गर्ने मेसिन जस्तै हुन्छन् । मैले यो पनि थाहा पाइसकेको छु कि गाउँका मानिस शहरी क्षेत्रका मानिसका तुलनामा बढी स्वस्थ छन् । 

गाउँका सबै साक्षर छैनन् । समयसँगै गाउँघरमा पनि शिक्षाको ज्योति फैलिँदैछ । विकास÷निर्माणका काम हुँदैछन् । यसबाट आशाबादी हुने ठाउँ देखिन्छ ।   

अहिलेका लागि गाउँ र शहर दुई फरक चित्र जस्तै हुन् । शहर र गाउँमा दुवै जीवनका पक्ष र विपक्ष छन् । त्यसकारण, हामी भन्न सक्दैनौं कि केवल एउटा जीवन रमाईलो छ तर गाउँले जीवनको उज्ज्वल पक्षलाई हेर्दा हामी गाउँको जीवन तनावमुक्त र स्वस्थ पाउँछौं । यसरी शहरिया भन्दा गाउँले जीवन राम्रो छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।  जाहा सहरी वातावरण मा यो ग्रर्मी याम बस्न कठिनाई र भोगाइ हुदोरहेछ 😪

जीवनको एक्लो यात्रा बाबाको अनुभूति पाउन सकिन जिन्दगी मा

भुवन केसी:- खै कसरी जीवनको अनुभुतीहरु संगालेर राखुँ पोको परेका सपनाहरु चारैतिर छरिएका छन् । एकातिर सम्हाल्छु अर्कोतिर फुत्कीदै जान्छ । उफ, कस्तो जिन्दगी ! अब त बाच्नु भन्दा मर्नु नै निको होला की जस्तो पो लाग्छ ! हेर्दै जाउँ यो परिस्थितीले कहाँसम्म डोर्याउदै लैजान्छ अनि कुन किनारामा तैर लगाई छोडी दिने हो ।

सिंगो मेरो शरिर मरेतुल्य अनि शून्य सुनसान कुन ठाउँमा पल्टिने हो त्यो पनि थाहाँ छैन । गिद्धले मेरो जिउँदो शरिरलाई लुछ्दा मात्र म अ‍ैथ्या भनेर उठ्छु होला, अनि मात्र म जिउँदै रहेछु भन्ने महसुस हुन्छ होला मलाई । बेहोशी हालमा आफुलाई सम्हाल्न नसकी लौरोको साहारामा बिस्तारै पाईला चाल्दा अनि मात्र मलाई थाहाँ हुन्छ होला, म त एक्लै पो छु त हगी । जति पाईला चाल्दै जान्छु त्यति नै मेरो लागि जमिन भासिदै गएको आभास हुन्छ होला अनि अचानक जमीन फाटेर मेरो सिङ्गो शरिर त्यही अन्त पो हुने हो की’ यस्तै यस्तो सोचाइमा डुब्छु आजकल ।
एक्लो हुँदा मन बहलाउने गर्छु, अनि भन्छु ‘अब कहिल्यै कसैको भर गर्दिन् ।’ कारण म आवस्यकता भन्दा बढी यथार्थमा रमाउने गर्छु ।

थाहा छ ? किन की मेरो मनको स्थानमा सत्यता लुकेको छ । त्यसैले त म भिडभाड भन्दा एकान्तमा रमाउने गर्छु । एक्लै बस्नुमा पनि बेग्लै अनि बिछट्टै मज्जा छ, त्यो कस्लाई थाहाँ होला र ! थाहाँ हुनको लागि म जस्तै एकान्तप्रेमी हुनुपर्छ भन्ने लाग्छ । कारण, म जीवनलाई फर्कीएर कहिले हेर्दिनँ । हिजो जे हुनु थियो त्यो भयो र हुनु पनि पथ्र्यो अनि भएर टर्यो पनि । आज जे हुन्छ त्यो पनि भएरै छाड्छ । अनी भोली जे हुनु छ त्यो पनि हुने नै छ । त्यो भएरै छोड्छ न त हत्केलाले रोकीन्छ न त डोकोले छोपेर छोपीन्छ अँ ह केहीले छेकीन्न नत कुनामा लुकेर नै टर्छ ।
हिजो के भयो ? आज के हुन्छ र भोली के हुने छ ? म कहिल्लै अनुभव गर्दिन र यस विषयमा चिन्तीत पनि हुदीनँ । जिन्दगी एउटा भोगाई त हो नी । त्यसैले त दुख र सुख छुट्टयाउन सकिन्छ यदी भोगाई फरक नभैदिएको भए जिन्दगीको मज्जा कहाँ हुन्थ्यो र ? जसरी चल्छ जिन्दगी चलिरहोस्, म त्यसरी चलाईदिन्छु ।
मैले जीवनमा जति जे गरे पनि आखिरमा मैले के पाए आफ्नो एक्लो जीवन बाहेक ।  ४ बर्षको उमेरमा देखी मैले बा को काखा पाउन सकिन जुन अरुको ले बाबा को हात समातेर हिडेको देख्दा म भावुक हुन्थे मेरो पनि बाबा आएको भए म पनि यसरी नै हिड्ने गर्थे म एक्लै पढ्दै हुर्किदै गए तर आमा को साथ भने निरन्तर भयो । र बाबा को खुशी पाउन सकिन न मैले जुन राम्रो सँग अनुहार देख्न पाहिन जुन कुरा
सम्झनामा ती दिनहरु रिल झै घुमेर आउँछन् । म १२ कक्षा मा पढ्दै थिए त्यो बेला । े एकासी नयाँ नौलो मान्छे को अनुहार देखियो 🥲 अनि मोम्म ले तेरो बुबा आउनु भयो भनु भयो म एकासी झस्लङग भए अनि अव त बाबा आउनु लग्नु भयो भने तर फेरि केही समय पछि मान्छे हराएको अहिले सम्म अत्तोपत्तो छैन  जुन कुरा ले मैले आमा लाइ सोध्ने गर्थें अव बाबा कहिले आउनु हुन्छ भनेर मोम्म ले यसको जवाफ केही दिनु हुने थिएन 😪 तर बास रुने काम मात्र गर्नु हुन्थ्यो मैले भन्रथे मोम्म म छु नि हजुर को सहारा जुन मा हजुर देखि को छ र होइन मेरो अव हजुर यस्तो गरे पछि म के गर्ने मोम्म अलि सन्त हुन्थ्यो यस्तै गर्दा गर्दै मेरो ब्याचलर सकिन पनि लागि सकेको छ तर जिन्दगी यात्रा कठिन नाइ को शब्द लाइ परित गर्दै सुख दिन पर्खिन बाध्य भए बाबा को सम्झना मा सिमित रह्यो 🤧

अधुरो प्रेम …. काहानी


सलिन केसी:-
तिमी ले जस्तै मैले पनि टाइम पास गरेको भए
म पनि सजिलै भुल्न सक्थे कान्छु
मैले माया गरेको हु  तिम्रो जस्तो नाटक र बाहान होइन बुझ्यौ

खै के भनु म तिमी आफैँ जबरजस्ती उतै बाट कल मेसेज गर्ने गर्थ्यो म कसरी वर्णन गरु तिम्रो त्यो हरेक बाहान को खानी लाइ तर तिमी सग म जहिले कुरा गर्ने पर्ने थियो तर के गर्नु गाढा माया बस्न नपाउदै यसरी विच बाटो मा अलपत्र पर्ने रहेछौ आफ्नो स्वार्थ पूरा भए पछि म के भनु र खै । छुटन बाध्य भए म

कसरी बताउ मा तिम्रो ति गहकिलो प्रश्न हरु है एकासी थाक्यो नि है माया मैले  भनेकै थिए नि बाटो धेरै अप्ठारो र लामो छ प्रत्येक पाइलामा गाह्रो हुन्छ भनेर अब यहीँ टुङ्गिने भो हेरन जस्तो भए पनि स्वीकार गर्ने पर्ने भयको सिधा अनि तिमी अल्ली मोडिन पर्ने भयो तिमी मोडिएको त्यो बाटो पनि सजिलो नहुन सक्छ तिमी लाइ कतै चोट लाग्न सक्छन् मलहम पट्टि गरिदिने मान्छेहरु पनि नहुन सक्छ साथ नहुन सक्छ आफ्नो ख्याल गर्नु माया

हुन त तिमी गाउले वातावरणमा हुर्केकी मान्छे म भने सहरी वातावरण हुरेको मान्छे तिमी लाइ काहा बाट सहरी वातावरण मन पर्ने थियो र होइन गाउँको मान्छे लाइ गाउले जिवन नै 😤 प्यारो लाग्ने रहेछ सहरी भएर गाउँले जिवन खोज्न काहाँ सम्भव रहेछ 😪

त्यही भएर हाम्रो सम्बन्ध छुटन बाध्य भयो …… Minu हाम्रो गन्तव्य का पुन पानहरु लाइ यहि बिट मार्ने योजना बनाउछु ।

बिहे गरौ अनि संगै भाषा पढौला अनि विदेश जउला प्रिया

भुवन केसी:-
खै कसरी वर्णन गरौँ? सुरुआत गर्ने ठाउँ नै छैन। हाम्रो भेट करिब १ वर्ष अघि मात्र हाम्रो खाजा खाने बेला कटेज मा  भेट भएको थियो। उनि दिदीहरु सग थिइन  एक दिन फेसबुक चलाउँदै थिएँ, ठ्याक्कै अगाडि ‘एड फ्रेन्ड’ भनेर उनको तस्बिर देखियो। प्रोफाइलमा गएर हेरेँ, उनले त्यहीँ दिदीसँगको फोटो राखेकी रहिछन्। मान्छे पहिलेदेखि नै राम्री थिइन्। मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ तर ५ दिनसम्म नि एसेप्ट भएन।
एसेप्ट नभएपछि करिब दुई दिनपछि फ्रेन्ड रिक्वेस्ट मैले क्यान्सिल गरेँ। फेरि करिब दश/एघार दिनपछि पुनः अगाडि एड फ्रेन्ड भनेर देखायो पुनः एड गरेँ अर्थात् रिक्वेस्ट पठाएँ। त्यसको तीन/चार घण्टामा हामी फेसबुकमा साथी भयौँ अर्थात् मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन्। उनले दिदी हरु सग फोटो देखे झन बोल्न को लागि मन आतियो र मैले यात बाट हेलो भने उत बाट हजुर भने आयो अनि हाम्रो कुरा निरन्तर चल्दै गयो ११ मा पढने रहिछिन उनि  सानी थिइन म भने ब्याचलर चौथौ वर्ष अध्ययन रत थिए उनि बागदुला बस्ने गर्थिन उनको घर गाँउ मा थियो म भने सहर मा बस्थे हाम्रो खाजा खाने समय मा भेट भएको कुरा Facebook WhatsApp dekhi अन्य सम्म पुग्यो त्यो यात्रा निरन्तर चलिरहेको थियो उनि म भन्दा सानो जात को थिएन तर मलाई जात सग केही भएन मलाई भाषा पढेर विदेश जाने ठुलो रहर थियो एक्लै किन जाने भने भएको थिए जुन कुरा गर्दा गर्दै सोचेको जस्तो मान्छे भेटियो जस्तो लाग्यो अनि मैले सोधें हामी मिलेर भाषा पढउन है कोरियन भने कुरा गरे उनले भनिन किन  पढने होर मैले भने नेपाल मा बसेर पनि के गर्ने सकिन्छ र सबै ले आफ्नो मान्छे मात्र हाल्छन प्युठान नगरपालिको हेरन है भने अनि उनले उत बाट हजुर ले पढनु न है भनि अनि सगै पढनु पढनु पर्छ है भन्दा भन्दा त्यस्तै कुरा भएर त्यो दिन केही कुरा भयो। उनको मेरो पहिलादेखि नै चिनजानका कारण बोल्न सहज भएको थियो। दुई/चार दिन न उनले म्यासेज गरिन् न त मैले। मलाई उनि राम्री म नराम्रो जस्तो मान्छे भएर हो कि वास्ता गरिन भने भयो । अनि मैले म्यासेज गरिनँ। एक दिन एउटा भाषा सम्बधित भिडियो सेयर भएको भेटाए अनि  एकजना भर्खरैको लगभग पच्चीस छब्बीस वर्षको सुन्दर महिलाले पढाएको देखे अनि कमेट गरेको थिए उनेले हाहाहाहा भने रिकोस्ट गरिन
मैले कमेन्टमा गरेको रिप्लाई उनको म्यासेजमा हजुर पनि सुन्दर हुनुहुन्छ भनेर रिप्लाई दिएँ। उनको त्यो रूप, व्यवहारबाट प्रभावित भएर म फुरुङ्ग भएको थिए। जसरी लियोनार्दो दा भिन्चीको मोनालिसाको चित्र ‘कोमल रहस्यमय मुस्कानको लागि प्रसिद्ध’ थियो उनको मुस्कान मलाई त्यस्तै रहस्यमय लाग्थ्यो। साँच्चिकै सुन्दर र शालीन।
उनि आफ्नो आमा बिमारी भए पछि उनी दिदी को कोठा मा बस्न गहिन उनी करिब चार/पाँच दिन आफ्नो काम को व्यस्त को कारणले बोल चाल भएन  करिब एक हप्ता जति
मैले मेरो फ्रेन्ड रिक्वेस्ट किन एसेप्ट नगरेको भनेर प्रश्न गरेँ। उनले मुसुक्क हाँस्दै दुई/तीन दिनमा एसेप्ट गर्ने भनेर नगरेको तर पछि रिक्वेस्ट क्यान्सिल भएछ भन्ने उत्तर दिइन्। मैले पछि किन एसेप्ट गरेको भनेर प्रश्न गरेँ। उनले फेरि रिक्वेस्ट क्यान्सिल हुन्छ भनेर उति बेलै एसेप्ट गरेको भन्ने उत्तर दिइन्।

उनले मलाई सोही दिन ‘तपाईंलाई एउटा कुरा थाहा छ?’ भनेर प्रश्न गरिन्।

मैले ‘के भन्नु न?’ भनेर प्रश्नको जवाफ बुझ्न खोजेँ।

उनले मलाई भनिन हजुर ले के  गर्नु हुन्छ मैले भने सानो तिनो जागिर गर्छु अनि ऐ भनिन
उनी सग कुरा गर्दा गर्दै भेट हुने कुरा भयो अनि भेट भए पछि

उनीसँग मैले विगतका कुरा गरेर नजिक हुन खोजेँ। हामी त्यहाँ कुरा गर्दै केही फोटाहरू खिच्यौँ र त्यहाँबाट निस्क्यौँ। मैले उनको घर पुर्‍याइदिएर रुममा गएँ।

मलाई उनको हरेक बानी मन पर्दै जान लाग्यो। सधैँ सँगै हुन पाए हुन्थ्यो जस्तो महसुस हुन्थ्यो तर त्यो सम्भव थिएन। म दिउँसो कार्यालयमा जाने गर्दथेँ, समय मिल्दैन थियो। उनी पनि कलेज जाने गर्थिन
शनिबारको दिन थियो। समय पनि प्राप्त थियो। हामी करिब चार/पाँच घण्टा जति मल्लरानी डाँडामा गयौँ। उनलाई मैले भेट हुँदा पटक पटक सोध्ने गर्दथेँ- Giri किन याती राम्री हुन्छन? तर उनले त्यसमा आफ्नै पीडा छन् भन्ने गर्थिन्।

मैले कस्ता पीडाहरू भनेर सोधेँ। उनले मुसुक्क मुस्कुराउँदै, भनि कोठा बाट बहिर निस्किन पहिरन छुट्टै आनन्द हुन्छ तर  मन लाग्ने जस्ता कुरा गर्दा मलाई अलिकति नराम्रो महसुस भयो।

यति सुनिसकेपछि मैले उनको विगत कोट्याउन चाहिनँ। तीन/चार घण्टाको बसाइँ आधा घण्टा जस्तो नि लागेन। समय बितेको पत्तो नै भएनछ। मलाई उनी साह्रै मन पर्थ्यो। मैले धेरै कुराहरू उनलाई प्रस्तावको रूपमा राखेँ तर उत्तर भने सकारात्मक पाइनँ। उनी साँच्चिकै सुन्दर र व्यवहारिक भएका कारण म उनीप्रति आकर्षित थिएँ। हामी बोल्दै गयौँ।

यसै गर्दै करिब एक वर्ष बित्यो। एक दिन मैले उनलाई पुरानै प्रश्न गरेँ। उनले पनि माया गरेजस्तो र नजिक हुन खोजेजस्तो गर्ने गर्थिन्। हामी दैनिक जसो बोल्थ्यौँ।

हाम्रो उमेर पनि मिलेको थियो। उनी मभन्दा ७ वर्ष कान्छी थिइन्। उनको बोली व्यवहारबाट पनि प्रस्ट हुन्थ्यो उनले पनि मलाई मन पराउने गर्दथिन्। एक दिन मैलै उनलाई ‘हामी बिहे गरौँ अनि सँगै भाषा पढौँला’ भनेँ। खै के हुन्छ भाग्य मा भने कुरा गरिन अनि मैले एक दिन मोम्मी लाइ मुबाइल दिएको थिए उत मेसेज आएको काहा हुनुहुन्छ आज वाग्दुला आउन भने मेरो मोम्मी लाइ थर आफु भन्दा सानो देख्नु भए छ र बल्क गर्नु भए छ बिचरा उत बाट  मुसुक्क हाँस्दै ‘के गर्ने? कहाँ हुनुहुन्छ?’ भने WhatsApp ma मेसेज गरिन हजुर को अरु कोहि रहेछ है भनेर मलाई WhatsApp ma block gerina
मैले पुन प्रश्न को जवाफ दिन न पाउदै हाम्रो सम्बन्ध यहि सकियो  l

वनजङ्गलमा आगोलागी हुँदा धुवाँ ले घेरेको छ । प्यूठान जिल्लामा ताजा अपडेट

भुवन केसी:-
प्यूठान जिल्लाको को को विभिन्न स्थानमा आगोलागी भएको छ
आगोलागी गर्दा मौसम खराब देखिएको छ
जसमा
प्युठान नगरपालिका – ३ ओखरबोट, मान्द्रेचौर ,मटे्ङपोखरा ,घुर्चौनी आसपासका जंगलहरूमा आगलागी  भईरहेको छ। जंगलमा लागेको आगो बस्तिमा सल्किदा  हाल सम्म ७ वटा गोठ पुर्णरुपमा जलेर नस्ट भैसकेको छ भने धेरै  घरहरु आगोको  उच्च  जोखिममा  छ्न।  सुरक्षाकर्मीसहितको टोली अहिले आगो नियन्त्रणमा खटिएका छन।
त्यसैगरी खलङ्गा भित्रीकोट प्यूठान नगरपालिका ८ आसपासका क्षेत्रहरूमा आगोलागेको छ

थप विपरण आउन बाकी

प्यूठानको बाग्दुला बजार क्षेत्र नजिकैको जंगलमा भिषण लागलागी

प्यूठानको बाग्दुला बजार क्षेत्र नजिकैको जंगलमा लागलागी भइरहेको छ । आगोले बजारमा रहेको घर तथा पसल जोखिममा परेका छन् । प्यूठान नगरपालिका–८ स्थित बाग्दुला बजारमा रहेका घर तथा पसल जोखिममा परेपछि आगो नियन्त्रणमा लिन प्रहरी र स्थानीय लागिपरेका छन् ।

शनिबार प्यूठानमा विद्युत आपुर्ति बन्द हुने ११ बजे देखि साझा ५ बजे सम्म

भुवन केसी;- प्यूठान । चैत १७ गते शनिबार प्यूठानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । ३३ के.भी. प्रशारण लाईन अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा शनिबार विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।

Create your own website, free on WordPress.com.Create your own website.
Start free