आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस

काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानबाट सूर्य थापाको नाम सिफारिस गरेको छ।

सोमबार बसेको एमाले जिल्ला कमिटी बैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका थापालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको अनेरास्ववियु प्यूठानका अध्यक्ष जालबहादुर केसीले जानकारी दिए।

फोटो सूर्य थापा

प्रतिनिधिसभातर्फ प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ।

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका उनी पहिलो पटक चुनाव लड्न लागेका हुन्। थापा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए।

यस्तै बैठकले प्रदेश सभाको प्रत्यक्षतर्फ प्रदेश ‘क’बाट तुलसीराम शर्मा र ‘ख’बाट हरिप्रसाद रिजालको नाम सिफारिस गरेको छ।

गजल

गजल भुवन केसी
_______
प्रगतिमा एउटा रिस गर्ने लाखौं मान्छे हुन्छ मान्छे ।
निरोह बनाउनलार्इ जाल गर्ने आक्रो खुसी हुन्छ। मान्छे
आशु भन्दा एउटाको आक्रो खुसी हुन्छ मान्छे ।
दुख बहान नजानेर पछि आफै रुन्छ मान्छे ।
सम्मसार मा मिहिनेत र इमान्दार मान्छे पाउन गाह्रो हुन्छ ।
आफ्नो राम्रो बनि मान्छेले मनभित्र थुन्छ मान्छे । दुख बहान जानेको मान्छे सङ्गग रिसाउने धेरै हुन्छन ।
आर्को खुसीमा हासिदिने मान्छे कम हुन्छन्।

(अझैपनि सहयोग को भावना देखाउन मान्छेले जानेको छैन । )

कर्मचारी भर्ना प्रक्रियामा कपिलवस्तु को शिवराज नगरपालिका चुक्यो

:-भुवन केसी:-
कर्मचारी भर्ना प्रक्रियामा चुक्यो शिवराज नगरपालिका
 कपिलवस्तुको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि
शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते रोजगार सहायक भर्नाका लागि सूचना प्रकाशित गर्यो।
सूचनामा दरखास्तमा दिने अन्तिम म्याद मिति २०७९ साउन ९ गते तोकियो । पालिकाले साउन ९ गते विदा परे त्यसको अर्को दिन सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गर्यो ।
त्यसपछि मिति २०७९ साउन २५ गते प्रारम्भिक योग्यताको सूचना प्रकाशित गर्यो । नगरपालिकाले सो सुचनामा १० जनाको नाम सहित समाबेश गरेको थियो ।
शिवराज नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ अनुसार नै प्रारम्भिक योग्यताक्रमको सुचि प्रकाशन गर्यो ।
तर शिवराज नगरपालिकाले नै निर्माण गरेको स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को धज्जि उडाउदै ६ दिन ढिलो सूचना प्रकाशन गरेको छ ।
नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को बेवास्ता गर्दै प्रक्रिया अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । मापदण्डमा १० दिन भित्रै सुचि प्रकाशित गर्नु पर्छ भनेर स्पष्ट लेखिएपनि शिवराज नगरपालिकाले ६ दिन ढिलो सूचना प्रकाश्न गरि चुकेको छ ।
दरबन्दी र पदपूर्ति सम्बन्धि प्रारम्भिक योग्यताक्रमको सुचि प्रकशन गर्न बनेको बमोजिम दफा नं ५ को उपदफा (१) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र प्रप्त हुन आएका आबेदन मध्येबाट पदपूर्ति समितिले म्याद समाप्त भएको १० दिन भित्र योग्य ठहरिएका मध्येबाट १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यताक्रम सुचि प्रकाशन गर्ने उल्लेख गरिएको छ ।


तत्कालीन प्रमुख प्रशाकिय अधिकृत गणेश प्रसाद अर्यालले हस्ताक्षर गरेको सुचनामा मापदण्डको ख्यालै नगरी सूचना प्रकाशित गरिएको छ । १० दिन भित्रै प्रकाशन हुनु पर्न सुचना ६ दिन ढिलो प्रकाशित भएको प्रति शिवराज नगरवासी आशंका ब्यक्त गरेका छन ।
दरखास्त दिएकाहरुले सूचना ढिलो प्रकाशित गरेको कार्य गम्भीर विषय भएको बताएका छन । दरखास्त दिएका एकजनाले नाम नबताउने सर्तमा नगरपालिका भित्र आन्तरिक चलखेल भएको बताए ।
उक्त सुचना केहि जनप्रतिनिधिको आफेपासेको लागि खुलाएको भन्ने आंशका व्यक्त गरे । उनले भने “सुचना ढिलो आयो यो दुखत पक्ष हो, कस्को सेटिङ्गमा यस्तो भयो ?”
उक्त रोजगार सहायकको लिखत परिक्षा अझैसम्म भएको छैन ।
शिवराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकिय गणेश अर्यालको सरुवा भइ स्याङ्जाको पुतलीबजार नगरपालिका गइसक्नु भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता

:-सलिना थापा :- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।
अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेको जोशीको तर्क छ।
बालेनविरूद्धको मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ।
केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।
उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।

महिलाहरु किन व्रत बस्ने गर्दछन् तीजको बेला मा …..

:- सुनिता केसी:- हरितालिका तीज नजिकिएसँगै महिलाहरू दर खाने चटारोमा छन्, व्रत बस्ने योजनामा छन् । परम्पराका पक्षपातीहरू तीजलाई निराहार र निर्जल व्रत बस्ने पर्वका रूपमा लिन्छन् । धार्मिक आस्थाका आधारमा व्रतलाई साधनाका रूपमा पनि लिइन्छ । तर, निराहार व्रत बस्दा र दिनभर नाचगानको थकाइले कतिपय महिलामा कमजोरीको समस्या पनि देखिने गरेको छ 

देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ :- कल्पना थापा:-

कल्पना थापा:-

विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।
परिषद्का महासचिव शान्तिनाथ योगिका अनुसार उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरेका छौं । त्यसको अनुगमन गर्न ४१ सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।
जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ ।
सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् ।
Create your own website, free on WordPress.com.Create your own website.
Start free