रोल्पाको निर्वाचन शान्तिपूर्ण, थवाङमा मतदान न्यून स्थानीय पत्रकार गोबिन विकका अनुसार वडा नं. १ मा रहेको विवाङ मतदान केन्द्रमा २०५ मत खसेको छ । सो मतदान केन्द्रमा एक हजार ३१४ मतदाता रहेका छन ।
वडा नं. २ थवाङ मतदान केन्द्रमा ३७४ मत खसेको छ । उक्त मतदान केन्द्रमा एक हजार ५७७ मतदाता रहेका छन् ।
विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता मतदानस्थल पुगी आफूहरुले भौतिकभन्दा वैचारिक वहिष्कार गरेको बताएका थिए ।
वास्ताविक हतियारभन्दा, वैचारिक हतियार बलियो हुने नेकपा रोल्पाका पूर्वजिल्ला इन्चार्ज जयप्रकाश रोकाले बताएका छन् ।
भुवन केसी:- भिडियो नखिच्नुस यदी भिडियो खिच्ने भए रू ४०००/- लाग्छ भन्दै हुनुहुन्थ्यो। भाइरल भेलु बाजे ( मिन बहादुर बुढा) प्यूठान नगरपालिका वार्ड नं ५ जुम्रीकाँडाका बासिन्दा हुनुहुन्छ। उहाँ गाउँको सरल स्वभाव भएको व्यक्ति हो। उहाँ गाउँले अर्गानिक भाषा बाट प्रस्तुत भएकै कारण भाइरल हुनू भएको हाे। र कतिपयले उहाँलाई हेर्ने दृष्टकोण नकारात्मक छ। उहाँ जस्ले जसरी प्रयाेग गर्यो त्यसरीनै प्रयाेग हुनुहन्छ। यदी उहाँलाई सब्य र नैतिक वान मानिसले प्रयाेग गर्थे भने। भेलु अस्लित शब्द बोल्ने मानिसको रूपमा परिचित हुनुहुने थिएन। २०७९ कार्तिक २७ गते प्यूठान नगरपालिका वार्ड नं ५ जुम्रीकाँडामा नेकपा एमाले का प्रतिनीधि सभा सदस्य उम्मेद्वार क. सुर्य थापाको जनभेटघात कार्यक्रम थियो। त्यस्को तयारीको लागि म पहिलै त्यहाँ पुगेको थिए। कार्यक्रमकाे तयारी पूरा भइसके पछि भेलु बाजे पनी कोट लगाएर त्यहाँ आउँनु भयो। उहाँलाई देखेपछि त्यहाँ फोटो खिच्ने र भीडियो खिच्नेकाे भिड लाग्न थाल्यो। तर उहाँले फोटो खिच्नुस्, भिडियो नखिच्नुस यदी भिडियो खिच्ने भए रू ४०००/- लाग्छ भन्दै हुनुहुन्थ्यो। त्यही बिचमा क. सुर्य थापाकाे आगमन भयो र भेलु बाजे लगाएत स्थानियले नारा जुलुस सहित भव्य स्वागत गर्दै कार्यक्रम स्थल तिर लाग्यौं। औपचारिक कार्यक्रम सुरु भयाे। मनतव्यको क्रम र पार्टी प्रवेश कार्यक्रम चलिरहेको थियो। त्यही क्रममा भेलु बाजे टीका माला लगाउँने र केही कुरा बोल्ने इच्छा राख्नु भयाे। कार्यक्रम समापन पश्चात् माहोल नाच्गान र टीकटक तिर मोडियो। अर्काे दिन गठबंधनका साथीहरू त्यहाँ पुगे र दश हजार दिन्छौं गठबन्धनमा भोट माग्न र एमाले विरुद्ध बोल्न लगाए। केही अतिरञ्जित बनाउन पनि खोजियो। खास कुरा केहोत भन्दा भेलुलाई एमाले प्रवेश गराएको पनि हाेइन। गराउनुको अर्थ पनि छैन। उनि साेझाे इमानदार मानिस हुन। उनलाई जस्ले जसरी प्रयाेग गर्यो त्यसरी प्रयाेग हुन्छन्। अश्लिल र नकारात्मक कुरामा कसैले पनि प्रयोग नगर्दे हुन्थ्याे भन्ने मेरो मान्यता छ।

भुवन केसी:- मिसन मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सरगर्मि बढिरहेको छ । निर्वाचनमा नेकपा (एमाले) सँग सत्ता गठबन्ध दल प्रतिष्पर्धामा छन् । प्यूठानमा सबैभन्दा ठुलो दल एमाले बाट प्रतिनिधि सभामा सूर्य थापासँग चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चाले अघि सारेको दुर्गा पौडेल चुनावी मैदानमा छिन् । गठबन्धनको सहारामा पौडेलले चुनाव जित्ने दाउमा थापिरहेका बेला एमालेलाई प्यूठानमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस (बिपि) ले साथ दिने भएको छ । यो सँगै प्यूठानमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जित्नको लागि एमालेलाइ थप मिलेको छ ।
भुवन केसी:- प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर एम्बुलेन्समा राखिंदै ।
२३ कात्तिक, प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् ।
प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
प्रहरी निरीक्षक थापामगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् ।
गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।
भुवन केसी:- प्युठान नगरपालिका ८ खप्प्रेङखोला ,डाँडाघर भएका महेन्द्र बहादुर महतरा आफ्नो घर देखि १०० मिटर तल खन्युको रुखमा करिब १२ :३० बजे तिर झुन्डिएको घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ । किन आत्माहत्या गरेका हुन भन्ने बारेमा भने अहिलेसम्म केहि थाहा नभएको प्रहरीले बताए ।
प्रहरीको अनुसार सवलाई पोष्टमाटमको लागी जिल्ला हस्पिटलमा लगिने तयारी गरिदैछ ।
२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । राजनीतिक दल, उम्मेदवार, भातृ संगठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरु सार्वजनिक गर्दै आयोगले भनेको छ, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने ।’
बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र जुलुस, आमसभा, कोण सभा वा भेला गर्न र कम्तीमा चौबिस घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउन आयोगले भनेको छ ।
घरदैलोमा जाँदा उम्मेदवारले २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनेर पनि आयोगले स्मरण गराएको छ ।
उत्तराखण्डको केदारनाथ धामनजिकै हेलिकोप्टर दुर्घटना : ६ जना तस्बिर : उत्तराखण्ड प्रहरीको भिडियोबाट स्क्रिनग्र्याब कार्तिक १, २०७९कान्तिपुर संवाददाता भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रसिद्ध केदारनाथ धामनजिकै हेलिकोप्टर दुर्घटना भएको हो । द हिन्दुस्तान टाइम्सका अनुसार केदारनाथ धामबाट २ किलोमिटर टाढा गरुड चट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उत्तराखण्डका मुख्यमन्त्री पुश्करसिंह धामीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उक्त हेलिकोप्टरले केदारनाथबाट तीर्थयात्री बोकेर फटा हेलिप्याड जाँदै थियो । फटा केदारनाथबाट १८ किलोमिटरको दूरीमा रहेको छ
भुवन केसी:- प्युठान निरन्तर वर्षाले दर्जनौं स्थानमा पहिरो खस्दा बन्द भएको प्यूठान-भालुवाङ सडकखण्ड अझै खुल्न सकेको छैन । जिल्ला आउजाउ गर्ने एकमात्र मुख्य सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने यात्रुलाई निकै सास्ती भएको छ । दरभान देखी चकचके जस्पुरसम्म दर्जनौं स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । शनिबार दिनभर जेसिबीबाट धेरै पहिरो हटाउने काम भएको र मोतिपुरमा खसेको ठूलो ढुङ्गा सहितको पहिरो जेसिबीले पन्छाउन नसकेपछि अवरुद्ध भएको सडक खुलाउने प्रयास असफल भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले बताए । डिएसपी खड्काका अनुसार आइतबार बिहानै देखि मोतिपुरमा खसेको ढुङ्गा फुटाउने काम भैरहेको छ । उनले भने ‘सडक खुलाउने प्रयास मा छौं ।’ सडक बन्द हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । हिजो यात्रामा निस्केका सयौं यात्रुले निकै सास्ती पाएका थिए । बेलुकासम्म सडक खुल्ने आशमा कुरेर बसेका यात्रुहरु पैदलै गन्तव्य तिर लगेको एक यात्रुले बताए । दशै मान्न गाउँ आएका सर्वसाधारण आफ्नो गन्तव्यमा जान नपाउदा मर्कामा परेका छन् । उता सडक खुलाउन आइतबार बिहानैदेखि एक्साभेटर लगाएर ढुङ्गा फुटाउने काम भैरहेकोले अहिले केही समयमा सडक खुल्ने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।
प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएकाे वडाध्यक्ष घर्ती मगरले बताउनुभयो ।
पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ । सडक बन्द भएका कारण पहिराे गएका ठाउँमा झन्डै तीन घण्टासम्म पनि उद्धार टाेली घटनास्थल पुग्न नसकेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।