प्युठान को माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता

प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएकाे वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । 

पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ । सडक बन्द भएका कारण पहिराे गएका ठाउँमा झन्डै तीन घण्टासम्म पनि उद्धार टाेली घटनास्थल पुग्न नसकेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

अरिबल वर्ष को कारण प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध

भुवन केसी:- लगातारको वर्षाका कारण पहिरो जाँदा प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ। 
प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। 
पहिरोले वैकल्पिक सडक र अधिकांश ग्रामीण सडकहरु समेत अवरुद्ध भएको प्युठानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार जिल्लाको देविस्थान, मुर्कुटी हुँदै दाङ झर्ने सडक र  खलंगा, चुजाठाँटी हुँदै अर्घाखाँची जाने सडक समेत बिहानैदेखि अवरुद्ध भएको छ।
मुख्य बाटो अवरुद्ध हुँदा प्युठान र रोल्पा आवतजावत गर्ने यात्रुहरुलाई सास्ती भएको छ। पछिल्लो समय मुख्य सडकसँग जोडेर खनिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङ्गा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको स्थानीयले बताएका छन्। 
पानीका बाबजुद पनि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।

ढोकामा आएर बान्ता गर्ने क्रममा प्युठान मा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु

ढोकामा आएर बान्ता गर्ने क्रममा प्युठान मा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु

प्युठान। प्युठानको सरुमारानी गाउँपालिका – २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।

जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।
खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी -३ नौघाट देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्वरको बसको ढोकाबाट खसेर पाण्डे गंभिर घाईते भएकी थिईन ।
घाइते पाण्डेलाई उपचारका लागि भालुवाङ स्थित राप्ती पोलिक्लिकमा लगिएकोमा पोलिक्लिनीकले मृत घोषणा गरेपश्चात पोस्टमार्टमका लागि लमही लगिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । उनले भने,’ ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डेले सन्तुलन गुमाएर लड्न पुगेको भन्ने खुल्न आएको छ।’

बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं बाट दाङ्ग तर्फ जाँदै गरेको गाडी कपिलवस्तु मा दुर्घटना एक को मृत्यु

भुवन केसी:- कपिलवस्तु को बुद्धभुमी नगरपालिका मा यात्रुबाहक बस शनिबार दुर्घटना

कपिलवस्तुको बुद्धभुमिमा यात्रुवाहक बस शनिबार दिउसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

बुद्दभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमा क्षेत्र स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट दाङका लागि जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रुबाहक बस पुर्व तर्फ आउँदै गरेको एक ट्रक सँग ठोक्किएको गोरुसिँगे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार बसमा सवार ३२ जना यात्रु घाइते भएका छन् । उनीहरु मध्ये १२ जनाको जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि पठाइएको छ भने अन्य २० जनाको बुद्धभुमि स्थित पालिक्लिनिकमा उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था अझै एकिन हुन नसकेको पनि डिएसपी घलेले बताएका छन् । मृतकको पहिचान हुन नसकेको जनाइएको छ । झडुलामाइ मन्दिर नजिकैको घुमौरो सडकमा सो दुर्घटना भएको बताइएको छ ।

प्युठान जिल्लामा भारी वर्षा

भुवन केसी:- ३१ भदौ:- शुक्रबार विहान देखि लगातार भारी वर्षा भएको छ अविरल बर्षा ले गर्दा मान्छेहरु लाइ यात उत हिडन कठिन भएको छ प्युठान जिल्ला लगायत अरु जिल्लाहरू मा पनि ठुलो वर्ष भएको छ जसले गर्दा मनिसहरु लाइ काम गर्ने कठिनाई भएको छ जस्मा अहिले सम्म वर्ष रोकिने सम्भावना देखिएको छैन जस्मा सबै जना ले आफ्नो आफ्नो ठाउँमा जाहा हुनुहुन्छ सुरक्षा व्यवस्था गर्नुहोला है सजक रहनुहोला बढी पहिरो को उच्च जोखिममा हुन सक्ने हुदा सतर्कता अपनाउनु होला है सबै जनाले

लुम्बिनी प्रदेश ईन्चार्ज हरि बस्नेत ने.क.पा (माओबादी केन्द्र) मा प्रवेश गरेका छन ।

प्युठान भुवन केसी:- नेत्र विप्लव  चन्द नेतृत्व  समुहको नेपाल कम्युनिस्ट भातृ संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज हरि बस्नेत ने.क.पा (माओबादी केन्द्र) मा प्रवेश गरेका छन ।


बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिब कृष्ण कुमार अधिकारीले (प्रकाश ) ले प्रवेश गराएका थिए   ।
उनि जनयुद्द कालदेखि माओबादी हुदै बैध समुहको विभाजन पछि ने क पा (माओबादी क्रान्तिकारी ) मा सक्रिय थिए बस्नेत जिल्लाका लोकप्रिय नेताहरुको रुपमा पनि चिनिन्छन ।

बुटवलबाट हराएका ३ बालक मुम्बई मा भेटिए

भदौ २६,२०७९ :- तिलोत्तमा — बुटवल उपमहानगरपालिकाबाट हराएका तीन बालक भारतको पुनेमा फेला परेका छन् । उनीहरुले भिडियो कलमार्फत अभिभावकसँग कुरा गरी आफूहरु मुम्बईको कुर्ला स्टेसन पुगेको बताए ।



शुक्रबार घरबाट विद्यालय जाँदा बेपत्ता भएका ती बालकले आफूहरु बुद्धनरगसम्म पुगेको याद भएको र त्यसपछि एकैचोटि रेलमा पुने पुगेको बताएको हराएकामध्ये एक सागर पौडेलका पिता कृष्ण पौडेलले बताए । उनले आफ्ना छोराले शनिबार दिउँसो सन्देश पठाएर आफूहरु रेलमा अचेत अवस्थामा पुने पुगेको जानकारी गराएका थिए । बेपत्तामध्ये समीर लम्सालका बुबा सोही स्थानमा रहेको र उनले नै तीनै जनालाई सकुशल फेला पारी राखेको पौडेलले जनाए । ‘बाबुले पहिले हामी अफ्ठ्यारोमा छौं, बचाउनुस् बाबा’ भनेर म्यासेज पठाएको थियो,’ उनले भने, ‘अरुको मोबाइल र साथीको मोबाइलबाट छोराले लोकेसन स्टाटस समेत पठाएकाले खोजतलास गर्दै उनीहरु भेटिए ।’
बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएपनि विद्यालयसमेत नपुगी बेपत्ता भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि उनीहरूको खोजी सुरु भएको थियो । प्रहरीको सक्रियतामा उनीहरू मुम्बईमा भेटिएको १५ वर्षीय बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।

सन्दीप लामिछाने टिमबाट निलम्बन

भदौ २३, २०७९ बिहिबार :- काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।

१७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ ।

गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएकाे छ ।

लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा
भदौ २३, २०७९ बिहिबार १९:४०:४३ | उज्यालो सहकर्मी
FacebookT
काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।

१७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टाेलीबाट निलम्बन गरेकाे जनाएको छ ।

गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएकाे छ ।

लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा

भदौ:२२ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो ।

खेल्न भदौ ६ गतेको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । लामिछानेविरुद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गर्‍यो ।

नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

‘लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी दर्ता भएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरीका एक उच्च अधिकारीले भने ।

इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् ।

Create your own website, free on WordPress.com.Create your own website.
Start free