आज भोलि को प्रेम कथाको टिप्पणी नजिको माया र टाढा को माया को अन्तर

भुवन केसी :- l love you भनेर प्रपोज गरे जस्तो सजिलो हुन्छ भनेको छै के 🥲🙃🤔 जिन्दगी चलाउन को लागि कुनै गुलाफ 🌹 को कडा भित्र फुल टिप्न सजिलो महोदय जिन्दगी सय जुनी तपस्या गर्नु पर्छ एकचोटी हामी जस्तो चोखोमाया गर्ने गरिब केटाहरु लाइ प्रपोज गर्नु पर्दैन जिन्दगी भरि साथ दिने बाचा मात्र गरेर माया गरेर हेर सधैं तिमी आँखा बाट कहिले आशु आउन दिने छै यो हाम्रो भोगाइ हो धनि सग प्रेम पैसा हुदा सम्म हो गरिब को प्रेम भनेको मरुन जेल सम्म हुन्छ त्यसैले हामी जस्तो माया गर्ने बानी बसाल्ने गर्नु नि धोका पाए पछि सबै केटाहरु उस्तै हुन रे 🙃😳😪 धोकेबाज केटाहरु होइन केटीहरु हुन्छ किन थाहा छ नजिक माया हेला हेला हुदोरहेछ टाढा को माया गाढा हुदोरहेछ।
यसलाइ भनिन्छ नजिक को तिर्थ हेला

तपाईहरुलाइ मेरो भनाइ नराम्रो लागे पछि पछि धोका वा सम्बन्ध विछोड भए पछि थाहा हुन्छ महोदय 😪💔
पैसा सग होइन प्रेम गर्न न त रुप संग सक्छौ भने हामी जस्तो गरिब संग प्रेम गर धोका होइन सुखी सुखी बाच्ने गर्छौ बानी व्यवहार राम्रो त आफैले गराउने हो महोदय 😪😔

हामी आफ्नो घर भन्दा १ दिन लाग्ने बाटो माया प्रेम गर्छौ तर हामी लाइ दुख अप्ठ्यारो परेको बेला हामीले को सग भने रुने बस्ने त होइन 😪 नजिक माया छ भने माइत देखि नजिक छ भने पुरा support hunxa टाढा भए पछि त 🥲 काकाकुल हुने त होइन 😪 माया सोच विचार गर्नु बेलै मा यो एउटा कथा होइन सत्य घटना अधारित छ है 😘 आफ्नो जिला देखि बहिर जिल्ल संग प्रेम प्रस्ताव राख्नु नै ठुलो गल्ती हो 😁😡 सोच विचार गर्नु नि है

प्युठानका राज सिंघानियालाई अपरिचित व्यक्तिकाे समुले यातना दिई नगद लुटे

उपरिचित व्यक्तिकाे फन्दामा सिंघानिया
प्युठानका राज सिंघानियालाई अपरिचित व्यक्तिकाे समुले यातना दिई नगद लुटेकाे बताएका छन । बुधबार दिउसाे ३ बजेकाे समयमा घाेराहि काे जंगलमा १५ जनाभन्दा धेरै व्यक्तिहरुकाे समुहले हतियार देखाई ५० लाख लुटेकाे बताएका छन । साथै उनिहरुले 1 कराेड ५० लाखकाे चेक काट्न लगाई अाधाघण्टा यातना दिएकाे सिंघानियाले बताए ।
साथै सिंघानियाले पुलिस केस गर्छु भन्दा कुटपिट गरि ज्यानमार्ने धम्कि समेत दिएकाे उनकाे भनाई छ ।

प्युठान महोत्सवमा तित्री बेच्ने राजुलाई अध्यक्ष श्रेष्ठद्वारा ५ हजार सहयोग पढाई ग्यारेन्टी विधालयले लिने

भुवन केसी:- प्युठान नगरपालिका ३ बिजयनगर स्थित मुक्ति माध्यामिकविद्यालयरातामाटामा कक्षा ३ मा पढने राजु कुमाललाई प्यूठान नगरपालिका ३का वडा अध्यक्ष तथा नगर प्रवक्त सुमन राज श्रेष्ठले नगद पाच हजार रुपैया हस्तान्त्रण गरी सहयोग गर्नु भएको छ ।
बिद्यार्थी राजुलाइ बिधालय पढदा सम्पुर्ण आबश्यक पर्ने शैक्षिक सामाग्री विद्यालयपरिवारले व्यवस्था समेत मिलाई दिएको वडा अध्यक्ष श्रेष्ठले जनाकारी दिनुभयो ।
बिद्यार्थी कुमाललाई फागुन ४ गते देखि सुरु भएको स्वर्गद्वारी पाचौँ महोत्सव लागेको गणतान्त्रिक खेल मैदानमाबिधालयको पोसाक सहित तित्री बेच्न क्रममा गामबेशी अपडेट युटुव च्यानेलका सन्चालक तेजेन्द्व परियारले फेलापारी उनका तस्विरहरु सामाजिक सन्जालमा कैद गरेका थिए ।
कुमालका तस्विरहरु सामाजिक संजालमा भाईरल हुदा अनुसन्धान गरी सुनौलो भविष्यको लागि सुरक्षितमा उद्दार तथा पहल गरेको श्रेष्ठले बताउनु भयो ।

माण्डबी गाउँपालिकाले (भोलि) फागुन १ गते सार्वजनिक विदा दिने भएको छ

भुवन केसी :- प्युठानको माण्डबी गाउँपालिकाले (भोलि) फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

आइतबार बसेको माण्डबी गाउँ कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सो निर्णयअनुसार सोमबारका फागुन १ गते दिन पालिकाभर सार्वजनिक विदा रहने छ । पालिकाभर रहेका मातहतका कार्यालयहरु र शैक्षिक संस्थाहरुलाई बिदा दिएको सूचना सार्वजनिक गरेर जानकारी दिएको छ ।

प्युठान जिल्लामा चोरको खुब बिगबिगी…PYUTHANTIMES.NEWS.BLOG

भुवन केसी:- प्युठान को झिमरुक गाउँपालिका ५ ओखरकोट ढाड बजारमा सोमवार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ । घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन् । उनको मुखमा नशालु पदार्थ (स्पे) छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप, मोबाइल, चोरी भएको छ । टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पीडित खड्काले जानकारी गराए ।
अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए । पदम सहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए । संगिता घरमा चिच्याएपछी स्थानयले चोर पसेको जानकारी पाएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ । जिल्लामा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएपनि प्रहरीले अहिलेसम्म एक जना पनि चोर पत्ता लगाउन सकेको छैन् ।

प्यूठान जिल्लाका अन्तरपालिका स्तरीय कर्मचारीहरु बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गौमुखि गाउंपालिका विजयि

भुवन केसी:- प्यूठान जिल्लाका अन्तरपालिका स्तरीय कर्मचारीहरु बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गौमुखि गाउंपालिका विजयि भएको छ । गौमुखि गाउंपालिका र सरूमारानि गाउंपालिका बिच भएको फाइनल खेलमा गौमुखिले सरूमारानिलाई शुन्यका बिरूद्द २ गोल लिएर बिजयि भएको हो । बिजयि गौमुखिले नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

आइतवार भएको खेलमा नौबहिनि गाउपालिका संगको सेमि फाइनलमा बिजयि भएर गौमुखि फाइनल खेलमा प्रवेश गरेको थियो । सेमि फाइनलमा नौबहिनिलाई १ गोलका बिरूद्द २ लिएर गौमुखि फाइनलमा पुगेको हो ।
प्रतियोगितामा सरूमारानि गाउंपालिका दोस्रो स्थान हासिल गरेको छ ।फाइनलमा प्युठान नगरपालिकालाइ शुन्यका बिरूद्द २ गोल लिएर सरूमारानि गाउपालिका फाइनल खेलमा प्रवेश गरेको थियो ।
शनिवारदेखि विजुवारमा सुरू भएको जिल्लाभरका ९ वटा स्थानीय तह मध्ये ८ वटा पालिका सहभागीता रहेको प्रतियोगितामा ४ वटा मल्लरानि, सरूमारानि, गौमुखि र प्युठान नगरपालिकाको टिमले पहिलो चरणमा जित हासिल गरि सेमि फाइनलमा पुगेका थिए ।

नकआउट सिस्टमबाट खेलाईएको प्रतियोगिताको पहिलो खेलमा ऐरावति, झिमरूक, मल्लरानि र माण्डवि गा.पा. खेलबाट पराजित भई बाहिरीएका थिए । जिल्लामै पहिलोपटक पालिका स्तरिय आयोजना भएको पहिलो चरणको प्रतियोगिता उत्साहपूर्ण रहेको खेलमा दर्शकले चासोका साथ खेल अवलोकन गरेको थिए ।

८० मिनेटको समय खेलमा १० मिनेट हाफ टाइम निर्धारण गरिएको थियो । स्वर्गद्धारी नगरपालिका बाहेक प्यूठानका ८ वटा पालिकाले भाग लिएको खेलमा पुरुष टोलीको मात्र सहभागीता रहेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।

प्यूठान जिल्लाका अन्तरपालिका स्तरीय कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

भुवन केसी:- प्यूठान जिल्लाका अन्तरपालिका स्तरीय कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता शनिवारदेखि विजुवारमा सुरू भएको छ । जिल्लाभरका ९ वटा स्थानीय तह मध्ये ८ वटा पालिका सहभागी प्रतियोगितामा ४ वटा पालिकाको टिमले पहिलो चरणमा जित हासिल गरेका छन् ।
ऐरावती गाउँपालिका र प्यूठान नगरपालिका विच भएको पहिलो खेलमा प्यूठान नगरापालिकाले ऐरावतीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा गौमुखी गाउँपालिकाले मल्लरानी गाउँपालिकालाई २–० ले हराएको छ । तेस्रो खेलमा सरुमारानी गाउँपालिकाले माण्डवी गाउँपालिका लाई २–१ ले पराजित गरेको छ भने अन्तिम खेलमा नौबहिनी गाउँपालिकाले झिमरुक गाउँपालिकालाई ३–० गोलले हराएको छ ।
नकआउट सिस्टमबाट खेलाईएको प्रतियोगितामा ऐरावति, झिमरूक, मल्लरानि र माण्डवि गा.पा. खेलबाट पराजित भई बाहिरीएका छन् । जिल्लामै पहिलोपटक पालिका स्तरिय आयोजना भएको पहिलो चरणको प्रतियोगिता उत्साहपूर्ण रहेको खेलमा दर्शकले चासोका साथ खेल अवलोकन गरेको थिए ।
जित निकालेका टोली आइतवार उपाधिका लागि प्रतिष्पर्धा गर्दै छन् । गोलाप्रथाबाट टिमको विभाजन गरी विहान ८ बजे देखी खेल सुरु हुने आयोजक प्युठान नगरपालिकाले जनाएको छ ।

८० मिनेटको समय खेलमा १० मिनेट हाफ टाइम निर्धारण गरिएको छ । स्वर्गद्धारी नगरपालिका बाहेक प्यूठानका ८ वटा पालिकाले भाग लिएको खेलमा पुरुष टोलीको मात्र सहभागीता रहेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।

आज भोलीको माया पनि एक प्रकारको राजनैतिक नाटक जस्तै भएको छ

भुवन केसी:- समय याहाँ खराब चलेको हो कि यो कलियुगमा चोखोमाया को अर्थ नबुझेको मात्र हो याहा पनि एउटा राजनीतिक खेल जस्तै भएको छ जसलाई याहा आफ्नो ज्यान को भन्दा बढी माया गरिन्छ अन्तिममा धोका दिने गर्छन् झन पिडा मा मलम लगाउने बेला आफ्नाले झन पिडा थप्ने काम गर्छन आज भोलि राजनीतिक गएर राम्रो कम गर्ने १% पाउन गाह्रो छ याहा साचो माया गर्ने मान्छे ५% मात्र पाउनु भनेको ठुलो कुरा हो याहा सबै साचो को पछि होइन पैसा र रुपको पछि दौडने गरेको पाहिन्छ अनि सम्बन्ध विछोड नभएर के हुन्छ त जुन राजनीतिक मा पनि पैसा र भष्ट्रचारी खेल हुने गर्दछ त्यसले त याहा याहा राम्रो काम गर्ने मान्छे माथि जान सक्दैन अनि देश विकासको को नाम मा किन पछाडि परेको छ त याहा सबै आफ्नो स्वार्थ लागि लाग्ने मात्र गर्छन् अरुको भलाइँ को लागि राम्रो गर्ने भनेको पाउन त गाह्रो छ तर पनि तपाईंको को भोगाइ मात्र हो तर कुरा नबुझेको मात्र हो यो कलियुगमा मा राम्रो इमन्दर र युवा युवतीहरु हरुलाइ कसैले पनि मन पर्दैन राम्रो मान्छे राज्नैतिक नेता भएर देश हाक्न सक्दैन भने याहा रुप र पैसा छैन भने माया मा कहिले सफल हुन सकिन ।
(अक्सर आजभोलि,सम्बन्ध गलत मान्छेले होइन गलत बुझाइले टुट्ने गर्छ)
(जिन्दगीमा यति महँगो चिज खाए ननिल्न सके न ओकल्न धोका..) हे भगवन मलाई पनि राम्रो मान्छे कदर नै नभएको ठाउँमा बस्नु छैन मलाई गङ्गा को तिर लैजाउ म पनि जान्छु तिमी सग माया मा पागल भएर के गर्नु हुन्छ चोखोमाया को कदर नै न भए पछि जुन राजनीतिक भनेर मरि हत्ते गरेर के गर्नु इमन्दर मान्छे देश चलाउने नभए पछि 😭🙄😢😱
End…….l…..

जुम्रीबसपार्क ढलाइ हुदै

भुवन केसी :- प्युठान जिल्लाको नयाँबजार जुुम्रीमा रहेको जुम्रीबसपार्क ढलाइ हुन लागेको प्यूठान नगरपालिका ३का वडाअध्यक्ष तथा प्यूठान नगरपालिकाका प्रवक्ता सुमन राज क्षेष्ठले जानकारी दिनु भयो ।
जिल्लाकै पहिलो तथा जिल्लास्तरीय बसपार्कको लागि सोहि ठाउमा बसोबास गर्ने स्थानियबासी र बसपार्क व्यबस्थापन समितिको मागलाइ मध्यनजर गर्दै वडा कार्यालयले प्रदेश सरकारसँग समन्वय गरी प्रदेश सरकारले बजेट बिनोजन गरेको वडादक्ष्य तथा नगर प्रवक्ता क्षेष्ठले बताउनु भयो । क्षेष्ठ निर्वाचित भएपछि १४ लाख ढलाइ र १० लाख लाइट , पर्खाल लगाएत दुई पटक गरी २४ लाख परेको हो ।

प्युठानका नौ वटै स्थानीय तहहरुले धमाधम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भुवन केसी :- प्युठानका नौ वटै स्थानीय तहहरुले धमाधम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेका छन् । प्रकाशित मिति : २०७९ माघ ५, बिहीबार स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मुल नाराका साथ गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेका छन् । आज माघ ५ गते बिहिवार देखि नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बाहने प्युठानले विविध खेलकुद प्रतियोगिताका साथ रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ । प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयहरुको उत्साहजनक सहभागिता रहेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा नौबहिनी गाउँपालिकाद्वारा मिति २०७९ माघ ५ देखि २०७९ माघ ८ गते सम्म गाउँपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सञ्चालन हुने कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभएको छ ।
Create your own website, free on WordPress.com.Create your own website.
Start free