प्युठाना को रम्दीमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु ३ जना घाइते

भुवन केसी:- प्युठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
चेरनेटा रम्दी सडकको नाला बनाउन खोला तर्फ गिट्टी बोक्न जाँदै गरेको रा १ त ४१७६ नं. को ट्याक्टर दुर्घटना हुँदा नौबहनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया चम्फा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशील थापाले जानकारी दिनुभयो। उहाका अनुसार चम्फाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परेका ३ जना घाईते छन। नाैबहिनी गा.पा.१ ठुलाेगाउँकी १८ बर्षीय दुर्गा बिक, गाैमुखी गा.पा.-६ का २५ वर्षिय बिक्रम बाेहाेरा र नाैबहिनी-५ का १९ वर्षीय बिक्रम परियार घाईते रहेको सुचना अधिकारी थापाले बताउनुभयो ।
ट्याक्टर सडकदेखी एक सय मिटर तल खसेर दुर्घटनामा परेको छ।

प्युठान जिल्ला मा SEE दिएर फर्किने क्रममा बाइक दुर्घटना परि एक जना को ज्यान गयो

भुवन केसी :- स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा शुक्रवार दुर्घटना हुँदा एस.इ.ई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ ।

विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.ई परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुल बसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि गोठिबाङमा ओभरटेक गर्न खोजेको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल स्कुल बसमा पछाडिबाट ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द मा वि परीक्षा केन्द्रमा एस ई ई परीक्षा दिदै थिए । बिस्तृत जानकारी आउन भने बाकी रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ । बस र बस चालक अहिले प्रहरी नियन्त्रणमा छन ।

प्युठान जिल्लामा गहुँ काट्ने चटारो किसान लाइ

शारदा खड्का :- प्युठान जिल्लामा गहुँ काट्ने चटारो परेको छ याहाँ किसानलाई भेही न भेही छ किसानलाई गहुँ कति बेला घर भित्राउने भने चटारो परेको छ भने उत असिना पानीले सताउने गरेको किसान को गुनासो रहेको छ । प्युठान जिल्लाको अधिकांश ठाउँमा गहुँ काट्ने लहर चलेको छ । किसानहरू को कुरा सुन्दा आखा बाट आशु आउने गर्छन् भने आक्रो तिर गहुँ पाकेको देखेर किसान हर्षित भएका छन । अहिले पहिले को जस्तो गहुँ हुन नसकेको किसान को गुनासो रहेको छ । किन यस्तो भयो भने गुनासो गर्छन् तर हामीलाई किसान लाइ नगरपालिका ले किसान को लागि बिउ बिजन सबै उपल्ब्ध गराउस भने चाहाना छ भन्नु भयो रिमा खड्का लगायत सम्पुर्ण किसान ले यसको लागि नगरपालिका नभएर स्थानीय सरकार र जिल्ला ले राम्रो सँग हेर्नु पर्ने जस्तो धारणा प्रकट गर्नु भयो ।

प्रेस चौतारी नेपाल प्युठान नगर कमिटिको अध्यक्षमा चयन भुवन केसी सहित नव गठित

सिता बिक :- शुक्रबार जुम्रीमा प्रेस चौतारी प्युठान द्वारा आयोजित एक कार्यक्रम सहित नगर समितिको अध्यक्षमा भुवन के सि को नेतृत्वमा ११ सदस्यीय कमिटी सर्बसम्मत चयन गरिएको हो।

प्युठान ,नेकपा एमाले निकट पत्रकारहरुकाे संगठन प्रेस चौतारी नेपालको प्युठान नगर समिति गठन भएको छ । 
शुक्रबार जुम्रीमा प्रेस चौतारी प्युठान द्वारा आयोजित एक कार्यक्रम सहित नगर समितिको अध्यक्षमा भुवन के सि को नेतृत्वमा ११ सदस्यीय कमिटी सर्बसम्मत चयन गरिएको हो।कमिटीको उपाध्यक्षमा हरि बहादुर नेपाली,सचिबमा सम्झना क्षत्री,सहसचिवमा सपना गुरुङ र कोषाध्यक्षमा पृती एमसी रहनुभएको छ।त्यस्तै सदस्यहरुमा लक्ष्मी सापकोटा,मनिसा सुनार,माधुरी बि.,सितल अधिकारी लगायत रहेका छन।भने सल्लाहकारमा सीता बि क र हेमन्त पाठक चयन भएका छन।नव निर्वाचित कमिटिका अध्यक्ष भुवन के सि ले नगर मात्र होइन सिङ्गो जिल्लाका पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गिरु प्रसाद भण्डारीले पत्रकारितामा लाग्नेहरुलाई आम नागरिकले बौद्धिक,क्षमतावान व्यक्तिको रुपमा मात्र नभई सेलिब्रेटिकै रुपमा लिने गरेको बताउनुभयो।पत्रकारिता क्षेत्रमा अदृश्य रोजगारीमा अल्झीने भन्दा सक्रिय रुपमा काम गर्ने पत्रकारलाई आर्कषक सुबिधा सहित अबसर रहेको बताउनुभयो । 
आफू पनि बिध्यार्थी जिवनकाल देखि पत्रकारिताको सुरुवात गरेको अनुभव सुनाउदै उहाँले भन्नुभयो-“पत्रकारिता सम्मानित क्षेत्र हो, पत्रकारिता मार्फत पढ्दै कमाउदै गर्न सकिन्छ “।
उहाँले तथ्य र सत्यमा आधारित रहेर नागरिक हक अधिकार,विकास र समृद्धिका पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो।प्रेस चौतारीले देशैभर  स्थानीय तहमा कमिटी गठन गरेकाे हो।सोही अनुसार प्युठान शाखाले पालिका स्तरीय शाखा गठन गर्ने अभियान थालेको शाखाका अध्यक्ष बासुदेव गिरीले बताउनुभयो।
समाजको समग्र बिकासमा पत्रकारिताको भूमिका अहम् रहेको भन्दै अध्यक्ष गिरीले सामाजिक जागरण,गलत गर्नेका बिरुद्ध खवरदारी,सकारात्मक कार्यहरुको उजागर,नकारात्मक पक्षको पर्दाफास गरेर पत्रकारहरुले पत्रकारिताका माध्यमबाट पत्रकारिताको धर्म,व्यवसायिकता,निर्भिकता पालना गर्दै पत्रकारिताको आचारसंहिताको मातहतमा रहि पत्रकारिता गर्नेहरु कहिले अभावमा बाँच्नु पर्ने अवस्था नरहेकाले पत्रकारितामा जोडिन नबनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो।कार्यक्रममा शाखाका सचिब राम बहादुर बिश्वकर्मा,सदस्य सीता बि.क,सदस्य हेमन्त पाठक लगाएतको उपस्तिथि रहेको थियो।

नाक बाट सिँगान आउदै छ । love परेको कुरा गर्दै बाटो मा हिडछन् १२/१३वर्ष का केटीहरु

भुवन केसी:- १२/१३वर्ष का केटीहरु माया प्रेम को कुरा गर्दै हिडछन जसको नाक बाट सिँगान आउदै छ आज भोलि का केटीहरु love परेको कुरा गर्दै बाटो मा हिडछन्  हाम्रो पालो मा माया  प्रेम के हो  थाहा थिएन  १२/१३ वर्ष को उमेर मा  हैन यो कलियुग हो हजुर याहा स्सकार  मा कोही पनि नहुने भए  नेपाली समाज काहा जादै मेरो छोरी यस्तो भयो छोरो यस्तो भयो रे होइन तपाईं अभिभावक भए पछि छोरा छोरी लाइ राम्रो सँग राख्न सक्नु हुन । अभिभावक मा भर पर्छ महोदय  मैले अहिले सम्म देखेको छोरा छोरी जुन सबै धनि बाबा आमा बिग्रेको छन र बाबा मोम्मी घर मा नबस्ने सगै को छोरा छोरी बिगेको छन त्यही भएर समाज राम्रो बनाउनु छ भने आफु बाट सुरु बात गर्नुहोस्  नत्र अरु लाइ दोष दिने काम बन्द गर्नुहोस् हैन किन यस्तो हुदैछ हाम्रो देश मा समय अनुसार को फरक हो यो पुरै विदेशी कल्चर ले गर्दा सबै यस्तो भएको छ जसमा १० पास नहुदै मुबाइल दिनु को कारण र छोरा छोरी लाइ गाउँ घर मा जस्तो काम पहिले को जस्तो नगराउनु जस्ता काम को साथ मा पढाइ हुन्थ्यो आज भोलि पढाइ र काम भन्दा सामाजिक सन्जाल मा जोडिएको छन आज भोलि का बालबालिका हरु त्यही भएर बचाहरु लाइ कसरी हुन्छ हामी अभिभावक जिम्मेवारी भएर मात्र भएन बचाहरु पनि केन्द्रीत हुनुपर्छ जन्मेको २/३ दिन मा मोबाइल दिन सुरु गर्छौ अनि हामीले बुझन जरुरी छ यस्तो कार्य गर्नु हुन हामीले छोरा छोरी को भविष्य राम्रो बनाउने हो भने समाजिक सञ्जाल देखि टाढा राख्न उचित हुन्छ है हामी आफै बाट सुरु गर्नु पर्छ

स्ववियु टिमले आज शुक्रबार दिन स्यानिटाइजर हस्तान्तरण सरसफाइ कार्यक्रम गरेको छ स्वर्गद्वारी बहुमुखी क्याम्पस मा

भुवन केसी:- स्वर्गद्वारी बहुमुखी क्याम्पस मा स्ववियु निर्वाचनको बेलामा गरेको प्रतिबद्धता पूरा गर्ने सानो प्रयास गरेको छ ,स्वर्गद्वारी बहुमुखी क्याम्पसका स्ववियु टिमको नेतृत्वमा स्वर्गद्वारी बहुमुखी क्याम्पसका लागि करिब ५०० प्याकेट सेनेटरी प्याड,२५ सय पिस माक्स र १५ लिटर स्यानिटाइजर हस्तान्तरण कार्यक्रम तथा शुक्रबारे सरसफाइ कार्यक्रम गरेको छ । स्ववियु सभापति टेकराज केसी ले बताउनु भयो अझै राम्रो काम गर्दै जाने छौ यो त हामो सुरुवात मात्र हो अव हेर्दै जानु स्वर्गद्वारी बहुमुखी क्याम्पस कस्तो गराउने भन्ने हाम्रो हात मा छ भन्नु भयो

स्ववियु नव निर्वाचित सम्पुर्ण मा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम

भुवन केसी:- स्वतन्त्र विद्यार्थी युनियन २०७९ को निर्वाचनमा नव निर्वाचित हुनुभएको सम्पुर्ण मा मिती २०७९/१२/०६ गते स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम मा उपस्थित सम्पूर्ण मा धन्यवाद र नयाँ कार्यकालको शुभकामना छ स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानको १४ वर्ष पछिको नवनिर्वाचित स्ववियु सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पस का सभापति टेकराज केसी ले हामी सबै मिलेर सहकार्य गर्ने छौ र क्याम्पस लाइ जति सक्दो राम्रो गराउने छैन जस्ता धारणा व्यक्त गर्नु भएको छ ।

स्वगद्वारी बहुमुखी क्याम्पस मा स्ववियु निरबिरोधो निर्बाचित विधार्थीहरुले सरसफाइ गरे

भुवन केसी:- आज स्वावियु को चुनाव गर्ने दिन चैत्र ५ गते प्युठान जिल्लाको ठुलो र पुरानो क्याम्पस स्वगद्वारी बहुमुखी क्याम्पस मा निरबिरोधो निर्बाचित भएका हाम्रो तिम र विधार्थी साथिहरू सँगै सरसफाइ कार्यक्रममा पहिलो दिन
स्ववियु जिन्दावाद

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी को उम्मेदवारी

भुवन केसी:- स्वर्गद्वारी बहुमुखी क्याम्पसमा संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी नेविसंघ,अनेरास्ववियु,अखिल क्रान्तिकारी(विप्लव) र अखिल छैठौंबीच तालमेल भएको छ । त्यस्तै संयुक्त गठबन्धनको स्ववियु सभापतिमा टेकराज केसी,सचिवमा भुपेन्द्र केसी र कोषाध्यक्षमा नीता बुढाथोकीको उम्मेदवारी रहेको क्याम्पस स्रोतले जनाएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव आगामी चैत्र ५ गते हुने भएको छ ।

प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती

भुवन केसी :- प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती भएको छ । प्रेस बिज्ञप्ति अनुसार अनेरास्ववियु ,नेबि संघ,अखिल छैठौं र अखिल क्रान्तिकारी (बिप्लव) लगायतका चार संगठन मिलेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा तालमेल गरि स्ववियु लड्ने भएको छ ।
अनेरास्ववियु का जिल्ला अध्यक्ष जाल बहादुर केसी,नेबि संघका कल्याण बिक्रम केसी,अखिल छैठौका नवीन केसी र अखिल क्रान्तिकारी (बिप्लव) का अध्यक्ष प्रसुदा सि को सर्व सहमतिमा बैठक बसि स्ववियु चुनावमा प्यूठान जिल्लाका पाँच वटै क्याम्पस हरुमा चार संगठन तालमेल गरि जाने निर्णय बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिद्यार्थी हकहित र शैक्षिक अवस्था सुदृढ गर्नका निम्ति देशैभर चैत्र ५ गते स्ववियु चुनाव हुने भएको छ ।
Create your own website, free on WordPress.com.Create your own website.
Start free